मोडेल, कलाकार र रेडियो प्रस्तोता बन्ने लक्ष पुरा प्रेम कुमारी (स्थर)को
काठमाडौ – नेपालको राजधानी नजिकैको दुर्गम जिल्ला रसुवाको आमा छेदिङमो गाउँ पालिका १ हाकुबेसि गाउँमा जन्मिएकी प्रेम कुमारी तामाङ हाल स्थर भनेर चिनिन्छन् ।
सानै उमेरदेखि कलाकार, रेडियो प्रस्तोता र गायिका बन्छु बन्ने हेतुका साथ अघि बढेकि उनी त्यसनुसार सफल हुँदै गएको पनि छिन् । हाल उनी मोडेल, गायिका हुन् भने रेडियो प्रस्तोता समेत भएकी छन् ।
साथै रसुवाको गीत-संगीतलाई संरक्षण गर्छु भनेर दावा फिन्जो तामाङको अध्यक्षतामा गठित राष्ट्रिय संगीत कर्मी संघ रसुवाको सदस्य हुन पाउदा खुशी छिन् स्थर ।आफ्नो हरेक कदमलाई अगाडी सार्नलाई गाउँको आफन्तहरु र मित्रहरूले समेत साथ दिएको उनी बताउछिन् ।
“आफूलाई सहयोग गर्ने सबैलाई सबैलाई धन्यवाद पनि यस अनलाईनद्वारा दिन्छु” उनले भनिन् मेरो गीत जस्ले सुन्नु भो उहाँहरु मेरो भगवान हो । स्थर हाल रेडियो रसुवामा कार्यरत छिन् ।