नवल खड्का र दिपा कठायत जस्तै, आफ्नो छोरोलाई बनाउने दृष्टि बिहिनको चाहना
सक्षम कुमार थापाको पढाइको लागि २४ हजार आर्थिक सहायता
काठमाडौ -नायक तथा निर्माता नवल खड्काले दृष्टि बिहिन शुसिल थापाका ६ वर्षीय छोरा सक्षम कुमार थापाको पढाईको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । वेलायत निवासी दिपा कठायतले ६ वर्षीय वालक सक्षम कुमार थापाको पढाइको लागि २४ हजार आर्थिक सहायता गरेकी हुन् ।
आर्थिक सहायता पाएपछि खुशी हुदै, आफ्नो छोरोलाई डक्टर, पाईलट हैन, समाजसेवी नवल खड्का र दिपा कठायत जस्तै बनाउने शुसिल थापाले बताएका छन् । दृष्टि बिहिन शुसिल थापाका छोरा सक्षम कुमार थापालाई गत वर्ष पनि नवल खड्का मार्फत दिपा कठायतले आर्थिक सहयोग गरेकी थिईन् । आर्थिक सहयोगको संयोजन नायक तथा निर्माता नवल खड्काले गरेका हुन् ।