पहिरोको कारण नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने

0 664

चितवन ११ असार – नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ ।

प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउन आयोजनाका डोजरमार्फत काम भइरहेको छ ।

वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।

Loading...