मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय वैठक सम्पन्न

0 749

विचारी चाम्लिङ्ग / नुवाकोट – मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय वैठक सम्पन्न भएको छ । ककनी,शिवपुरी,नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति पानि मुहान, बुढानिलकण्ठ काठमाडौको आयोजनामा मध्यवर्ती क्षेत्रका स्थानिय समन्वय बैठक सम्पन्न भएको छ । ककनी गाउँ पालिकाको अध्यक्ष मान बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समन्वय बैठकमा ककनी गाउँ पालिका वडा नम्बर १,२ र ५ का वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्तिको क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका ११ वटै ईलाकाको अध्यक्षहरुको उपस्थिति रहेको वैठकमा शिवपुरी राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका चिफ वार्डेन कमलजंग कुँवरले गाउँ पालिकाको अधिकार र वनको अधिकार वारे प्रकाश पार्दै, स्थानिय सरकारले वनको अधिकार भित्र रहेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

स्थानिय वासिन्दाहरुलाई शिफारिस दिदा वन्यजन्तुबाट पिडित कृषकहरुलाई राहत मिल्ने त्यस्ता व्याक्तिहरुलाई सिफारिस गरिदा उचित क्षेतीपूर्ति पाउने जानकारी दिए । स्थानिय सरकारले होटल, रिसोर्ट, उद्योग धन्दा,कल कारखानालाई करको दायरामा ल्याउनु पर्ने बताए । मूल कमिटिको अद्यक्षमा धावा तामाङ्गले जनताले पाउने सेवा सुविधालाई कसरि सरल र सहज तवरले सेवा दिनु पर्नेमा जोड दिए ।

ककनी ओखरपौवा मध्यवर्तिको उपभोक्ता समितिका अद्यक्ष जीवन लामाले मध्यवर्ती क्षेत्रमा रहेका स्थानिय वासीहरुको हरेक समस्याहरुलाई बिना हिच्किचाहट उनीहरुले पाउने सेवा सुविधालाई प्रदान गर्नु पर्ने बताए थिए भने गाउँपालिकाका अद्यक्ष मानबहादूर लामाले मध्यवर्ती क्षेत्रमा रहेका जनताहरुको जस्तोसुकै काममा सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे ।

Loading...