मलेसियाका अध्यागमन विभागले अवैधानिक आप्रवासी कामदारहरुलाइ पक्राउ गर्न थाल्यो

विचारी चाम्लिङ / काठमाडौ, मलेसिया सरकारले जुन एक तारिक देखि चौध तारिक सम्म लागू हुनेगरि पुर्ण रूपमा लक्डाउन गर्ने निर्णय गरेको छ । अति नै आवस्यक काम भन्दा कसैलाइ पनि कार्यालय आवत जावतमा रोक लगाएको छ। बिनाकाम बाहिर हिड्न समेत कडाइ गरिएको छ। क्वालालम्पुर, मेलाका,पेनाङ,जोहोर लगायतका डोमेस्टिक र अन्तराष्ट्रिय उडानहरु सबै बन्द छन् । क्ल्ब,क्याफे ,रेस्टुरेन्टहरुमा भेला हुन र प्रवेश गर्न समेत रोक लगाईएको छ।ब्यापारिक केन्द्रहरु जस्को,टेस्को,ए वान, द स्टोर,माइडिन,बिग मार्ट जस्ता सपिङ मलहरु प्रायः बन्द छन् भने खाद्यान्न पसलहरु…

कोभिड-१९बाट कसरी बच्ने ? के गर्ने के नगर्ने ?

कोभिड-१९बाट कसरी बच्ने ? तेस्रो विश्व युद्धको रुप लिएको कोभिड-१९ भाइरसको सम्भावित संयन्त्रको जोखिम हामी नेपालीहरु बिच तिब्र रुपले बाढ्दै गैरहेको छ। बिदेस बाट नेपाल भित्रने होस या सेल्फ क्वरेनटाइनमा नबसी जथाभावी हिड्डुल गर्नाले आफ्नो र आफन्तको ज्यान नै जोखिम्मा पार्नु हो। हेर्दा तन्दुरुस्त देखिए पनि संक्रमणको लक्षण १४ दिन पश्चात् मात्र देखिन सक्छ।जस्ले गर्दा अन्य व्याक्तीहरुलाई भाइरस सर्न सक्ने हुदा सावधानी अपनाउनु नै अति उत्तम हुन्छ। कोभिड-१९ बाट बच्न के गर्ने के नगर्ने ? १.सबैभन्दा पहिला आफुलाइ कोभिड भाइरसको सक्रंमण…

निशान भट्टराईको “गाजल लिपिक्कै” सार्वजनिक (भिडियो सहित)

शर्मिला राई, धनकुटा । रोमान्टिक गीत 'गाजल लिपिक्कै' सार्वजनिक गरिएको छ । नृत्यमा आधारित उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । "चट्ट कपाल कोरेर", "माया पलायो" वोलको गीत सार्वजनिक लगत्तै 'गाजल लिपिक्कै' वोलको गीत सार्वजनिक गरिएको हो । ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं: १)…

नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने

काठमाडौ - विश्वमा आएको महामारी बाट प्राय सबै क्षेत्रहरु प्रभावित भएको अहिलेको विषम अवस्थामा गीत संगीत क्षेत्र पनि अत्याधिक मात्रमा प्रभावित भएको छ । भौतिक रुपमा सँगै रहेर गीत संगीत श्रीजना गर्न नपाए पनी अन्लाइन मार्फत गीत संगीतको बिस्तार गर्न सकिने भएको छ । HP Entertainment को आयोजनामा इन्टरनेशनल नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने भएको छ। यही मे १५ बाट अन्लाइन सिङ्गिङ्ग प्रतियोगीता सुरु हुने कार्यक्रम आयोजक HP Entertainment ले जानकारी दिएको छ। संगीत सङ्ग आबद्ध रहनु हुने सबै नेपाली भाषी ब्याक्तित्वहरुले यो कार्यक्रममा…

दश बर्षिया निहरा तामाङ्गको अभिनय र सात बर्षिया सरगम राईको स्वरमा सबकी प्यारी बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - दुई बाल प्रतिभाहरुको म्युजिक भिडियो सार्वजनिक भएको छ। "सबकी प्यारी" बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो। सार्वजनिक म्युजिक भिडियोमा दश बर्षिया निहरा तामाङ्गले अभिनय गरेकी छन् भने सात बर्षिया सरगम राईले सार्वजनिक गीतमा स्वर दिएकी छन्। निहरा तामाङ्ग विभिन्न प्रतियोगिताहरुमा आफ्नो प्रतिभा देखाएर आफूलाई अब्बल सावित गरि सकेकी छन् । करिब आधा दर्जन म्युजिक भिडियोहरुमा निहाराले काम गरिसके पनि आफ्नो मुख्य भूमिका रहेको म्युजिक भिडियो भने यो नै पहिलो रहेको छ। सार्वजनिक म्युजिक भिडियोमा बाल कलाकार निहरा तामाङ्गले सशक्त…

महासंघमा प्यानल सहित बिपुल पोख्रेलको ऐतिहासिक पल्लाभारी

बिचारी चाम्लिङ / काठमाडौ ,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पहिलो पटक प्रत्यक्ष प्रणाली बाट मतदान गरिए संगै केन्द्रिय अध्यक्षमा बिपुल पोख्रेल आफ्ना प्यानल सहित निर्वाचित भएका छन् । मतपरिणाम अनुसार ६ हजार ९ सय ४२ मत प्राप्त गरि विजय भएका छन् ।उन्को प्रतिद्वन्दी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेको महासंघको केन्द्रिय निर्वाचन समितीले जनाएको छ। यसैगरी उपाध्यक्ष रमेश बिस्टले ६ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माधब नेपालले ३ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए । यसैगरी महिला उपाध्यक्षमा ७…

नेपाल मलेसिया मैत्री समाजको रक्तदान कार्यक्रम नुवाकोटमा सम्पन्न

सुनिल मोक्तान - नुवाकोट , नेपाल मलेसिया मैत्री समाजको बृहत रक्तदान कार्यक्रम नुवाकोटको ककनीमा हालै सम्पन्न भएको छ। समाजको ११औ बर्षगाठ्को अवसर पारेर उक्त रक्तदानको आयोजना गरेको हो। संस्थाले बर्षमा २ देखि ३ पटक सम्म यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना , नेपाल स्काउट , बैकंका कर्मचारीहरु स्थानीय र स्थानीय होटेल ब्याबसायीहरुले समेत रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथीको रूपमा कास्ठ ब्याबसायी संघ काठमाडौका अध्यक्ष बिष्णु बहादुर गुरुङ , विशिष्ट अतिथिमा…

रोशन राई (पालुवा स्टार) को “थाहा छैन” मा मुना राई र प्रदिपराज वन्त

काठमाडौं । चर्चित गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार) को स्वर तथा मोडल मुना राई र प्रदिपराज वन्तको अभिनयमा रहेको "थाहा छैन" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचनामा रहेको उक्त गीतको म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो। गायक रोशन राईका सयौ गीतहरु चर्चित छन् भने मोडल मुना राई विभिन्न रियालिटी शोहरुमा सहभागी भएर विभिन्न टाइटल अवार्डहरु जिती सकेकी छन्। प्रदीपराज वन्त फोटो पत्रकार हुन्। सार्वजनिक कार्यक्रममा वोल्दै प्रमुख अतिथि…

‘माया पलायो’ सार्वजनिक : अश्मिता र विशालको आवाजमा सुमन-सिम्रनको दमदार अभिनय (भिडियो सहित)

शर्मिला राई, धनकुटा । नेश्नल ईन्टरटेन्मेण्ट अवार्ड प्राप्त गीत "माया पलायो" सार्वजनिक गरिएको छ । लोक-पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल उक्त गीत धनकुटा खवरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । "चट्ट कपाल कोरेर" वोलको गीत सार्वजनिक पछि लगत्तै "माया पलायो" वोलको गीत सार्वजनिक गरिएको हो । धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न मनमोहक रमणिय क्षेत्रको दृष्य भिडियोमा…

महासंघको निर्वाचनमा चौध हजार संचारकर्मीहरु सहभागी हुने

बिचारी चाम्लिङ /काठमाडौ, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन जति जति नजिकिदै छ त्यति त्यति चुनावी सरगर्मी दिनानुदिन बढिरहेको छ। निर्वाचन तालिका अनुसार उम्मेद्बारको अंतिम नामावली मनोनयन आजै १0 बजे देखि ४ बजे सम्म गरिने छ भने उम्मेदवारको दाबी विरोध भोलि बिहान ४ देखि बेलुकी सम्म हुने बताईएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत्र महिनाको चौध गते बेलुकी ५ बजे सम्म तोकिएको छ। सबै साधारण सदस्यहरुले केन्द्र,प्रदेश र जिल्लाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुका लागि मतदान गर्ने छन् । मतदाताहरुले स्वयं सदस्य रहेको शाखामा नै…