अग्नि पीडित बालकलाई यायोक्खाद्वारा आर्थिक सहयोग

काठमाडौ - खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राई आगोमा परी घाइते अवस्थामा काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको बालकको लागी किरात राई यायोक्खा मलेसिया शाखाले बालकको उपचारको लागी ५० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । असारमान राई र निर्मला राईका नबौं सन्तान प्रविण राईलाई उनकै ६ बर्षिय दाजुले हेरी रहेको बेला कोक्रो पल्टीएर आगोमा परी घाइते भएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालकको लागी किरात राई यायोक्खा, तरुण दल खोटाङ लगायतले आर्थिक सहयोग अभियान चलाएका थिए…

कोरियाबाट जुनु गुरुङको आइसिसी महिला संयोजकमा उम्मेदवारी

काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरीकी छन् । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् । गुरुङ हाल एसिया प्याशिफिक महिला फोरम संयोजक रहेकी छन् भने कोरियामा रहेर समाजसेवामा सकृय रहेकी छन् । सबैको मन मनमा बस्न सफल जुनु गुरुङ,राम्रो समाजसेवा गरे बापात दक्षिण कोरियन सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत…

रवि लामिछाने सहित तिनै जना धरौटीमा रिहा, रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने

 काठमाडौं,  ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न जीला अदालत चितवनले आदेश दिएको हो । अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर…

कटारी महोत्सव २०७६ को तयारी तिब्र

उदयपुर– कृषि, ऐतिहासिक, साँस्कृतिक र पर्यटन प्रवर्द्धनको लागि प्रथम कटारी महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ । आगामी असोज ११ गते देखि १७ गतेसम्म उदयपुरको कटारीमा हुने महोत्सवको तयारी तिब्र पारिएको हो । कटारी नगरपालिका घोषणा भएपछिको यो पहिलो महोत्सव हो । कटारी बजारमा पहिलो पटक हुन लागेको प्रथम कटारी महोत्सवको मुख्य प्रायोजकमा कटारी नगरपालिका र सह प्रायोजकमा सौर्य सिमेन्ट प्रा.लि., सिभिल होम्स प्रा.लि., मारुती सिमेन्ट प्रालि., कसमस सिमेन्ट प्रा.लि. रहेको आयोजकका सचिव नेत्र राईले बताएका छन् । महोत्सको मुख्य आकर्षणमा…

अशोक–जुनीको स्वरमा ‘मयुरझैँ राम्री’

४ भदौ २०७६, काठमाडौँ । चर्चित गायक÷गायिका अशोक मुकारुङ र जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा संयोजन रहेको भिडियो जीवन मुकारुङले निर्देशन गरेका हुन् । भिडियोको छायाङ्कन र सम्पादन पनि मुकारुङकै रहेको छ । भिडियोको निर्माता विजय मगर रहेका छन् । भिडियो गायिका जुनीको अफिसियल युटुबमार्फत् सार्वजनिक भएको हो । 

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

काठमाडौं, ३ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विदेशमा रहेका नेपालीहरूले आपदविपदमा ठूलो सहयोग पु¥याइरहेको बताएका थिए…

राजेश पायलको स्वरमा मीरादेवी राईको “कोहि मान्छे” बोलको गीत सार्वजनिक

काठमाडौँ- ''राई इज किङ्ग'' राजेश पायल राईको स्वरमा "कोहि मान्छे" बोलको गीत सार्वजनिक भएको छ। यो गीतको शब्द गीतकार मिरा देवी राईले लेखेका हुन् भने, संगीत उत्तम राईले गरेका हुन् । पदम राजन मगरले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मुस्कान मुकारुङ्गले गरेका हुन्। गीतकार मीरादेवी राई आफू प्रवासमा रहेर भोगाईका तितामिठा अनुभूतीहरु शब्द मार्फत प्रस्तुत गर्ने गरेकी छन् भने उनले रोमाण्टिक प्रकारका गीतको शब्दहरु पनि उतिकै लेखेकी छन् । अत्यन्तै मिठो मन छुने शब्द लयमा तयार भएको यो गीतको भिडियोमा गायक स्वयम् राजेश पायल राई, गीतकार बिष्णु…

राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’

काठमाडौं, १७ साउन । साहित्यकार राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’ शुक्रबार मण्डला थिएटरमा विमोचन भएको छ । ‘हाट जाने अघिल्लो रात’ सम्पूर्ण पुस्तकमध्ये नवौं र कविताकृति पाँचौ हो । हाटकै शैलीमा विमोचन गरिएको कृतिमाथि वक्ताहरुलाई हाटमा फौदारी खेल्नेको रुपमा प्रस्तुत गरिएको थियो । फौदारी खेल्नेहरुमा अभियन्ता कैलाश राई, पत्रकार यज्ञस थिए । अभियन्ता कैलाश राईले राजन मुकारुङ भन्नेवित्तिकै सृजनशील अराजकताको नाम पनि नछुटाउनुपर्ने बताएकी थिइन् । त्यस सृजनशील अराजकतामा तीनजा अभियन्ताहरु रहेको र किराँतीहरुको चुलामा तीन…

किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ विमोचित

काठमाडौं, १७ साउन । गीतकार किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ शुक्रबार रकहाउस क्याफे रातोपूलमा विमोचन भएको छ । वरिष्ठ गीतकार राजेन्द्र थापा, साहित्यकार तथा गायक गणेश रसिक, मेजर काजिमान लिम्बूलगायतको उपस्थितिमा एल्बमको विमोचन गरिएको हो । यो एल्बमको तेश्रो सिर्जना हो । वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकले आफूलाई किन समीक्षा गर्न दिइएकोमा अचम्म लागेको बताए । किनभने यसभन्दा अगाडिका एल्बमहरू गणेश आफैले विमोचन गरेका रहेछन् । किरण टि आफैमा निरन्तर लागिरहने गीतकार रहेको रसिकको कथन थियो । एल्बममा रहेको ५ वटा गीतलाई ६ जना…

बिरामीको लागि उठेको पैसा गायब, दिल्लीमा बिरामी छट्पटाउँदै

काठमाडौं, १५ साउन । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग न पुर्‍याएको घटना पनि छिटपुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा घटना इटहरीमा घटेको छ । घटना भोजपुरस्थीत हतुवागढी गाउँपालिका वडा नं. ६ का भोजराम राईको छोरी बिबिना राईको हो । ११ वर्षीय बिबिना राई मुटुको विरामी थिइन् । बिबिनाका दिदी तथा आफन्तले बिबिनालाई इटहरीमा झारे । सहयोगको हात…