राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’

0 647

काठमाडौं, १७ साउन । साहित्यकार राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’ शुक्रबार मण्डला थिएटरमा विमोचन भएको छ । ‘हाट जाने अघिल्लो रात’ सम्पूर्ण पुस्तकमध्ये नवौं र कविताकृति पाँचौ हो ।

हाटकै शैलीमा विमोचन गरिएको कृतिमाथि वक्ताहरुलाई हाटमा फौदारी खेल्नेको रुपमा प्रस्तुत गरिएको थियो । फौदारी खेल्नेहरुमा अभियन्ता कैलाश राई, पत्रकार यज्ञस थिए ।

अभियन्ता कैलाश राईले राजन मुकारुङ भन्नेवित्तिकै सृजनशील अराजकताको नाम पनि नछुटाउनुपर्ने बताएकी थिइन् । त्यस सृजनशील अराजकतामा तीनजा अभियन्ताहरु रहेको र किराँतीहरुको चुलामा तीन ढुङ्गा रहनु प्रतिकात्मक रहेको बताइन् ।

उनै अराजकतावालाहरुले नेपाली साहित्यमा उथलपुथल ल्याउन सफल भएको भन्दै ‘हाटा जाने अघिल्लो रात’ पुरुषसत्तावाद रहेको कुरा औंल्याएकी थिइन् । पुरुष र महिला मानिसको जात भनेर साहित्यले किटान गरेको तर, त्यो भन्दा अर्को जात छ, त्यसतर्फ साहित्यले किन इङ्गित गर्न नसकेको भन्ने प्रश्न पनि कैलाश राई तेस्र्याएकी थिइन् ।

पत्रकार तथा साहित्यकार यज्ञसले राजन मुकारुङले कवितामा फर्किएको नभई उपन्यासमा पनि कविता नै लेखिरहेको बताएका थिए । पुस्तकका प्रकाशक कवि उपेन्द्र सुब्बा र तीर्थसंगम राई रहनु सकरात्मक रहेको भन्दै एक समयमा एउटा हलिउडकर्मीले चलचित्र बन्न नसकिरहेको बेला आफ्नै साथीले बनाइदिदा पछि सुपरहिट बन्न पुगको प्रसँग निकालेका थिए । यस पुस्तक पनि उस्तै चर्चित बन्न सक्ने यज्ञसको कथन थियो ।

चर्चित कलाकार दयाहाङ राईले राजन मुकारुङको पहिलो कृति विमोचन हुँदा सहभागी भएको र अहिले नवौं कृति आइपुग्दा साथै रहन पाउँदा खुशी लागेको बताउँदै पुस्तकभित्रको एउटा कविता वाचन गरेका थिए । पुस्तक पढिरहने भएपनि पहिले मनमनै पढ्ने गरेको र अहिले वाचन गर्नुपर्दा निकै नै अप्ठ्यारो हुँदो रहेछ भन्ने पनि बताएका थिए ।

कवि राजन मुकारुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै प्रकाशकद्वय उपेन्द्र सुब्बा र तीर्थसंगम राईलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

Loading...