राजेश पायलको स्वरमा मीरादेवी राईको “कोहि मान्छे” बोलको गीत सार्वजनिक

0 895

काठमाडौँ- ”राई इज किङ्ग” राजेश पायल राईको स्वरमा “कोहि मान्छे” बोलको गीत सार्वजनिक भएको छ। यो गीतको शब्द गीतकार मिरा देवी राईले लेखेका हुन् भने, संगीत उत्तम राईले गरेका हुन् । पदम राजन मगरले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मुस्कान मुकारुङ्गले गरेका हुन्। गीतकार मीरादेवी राई आफू प्रवासमा रहेर भोगाईका तितामिठा अनुभूतीहरु शब्द मार्फत प्रस्तुत गर्ने गरेकी छन् भने उनले रोमाण्टिक प्रकारका गीतको शब्दहरु पनि उतिकै लेखेकी छन् ।

अत्यन्तै मिठो मन छुने शब्द लयमा तयार भएको यो गीतको भिडियोमा गायक स्वयम् राजेश पायल राई, गीतकार बिष्णु पोल्वाङछा राई र संगीतकार उत्तम राईलाई देख्न सकिन्छ । यस गीतको छायांकन, सम्पादन दुवै जीवन मुकारुंगले गरेका हुन् ।

गीतको भिडियो यहाँ हेर्नुहोला

Loading...