कटारी महोत्सव २०७६ को तयारी तिब्र
उदयपुर– कृषि, ऐतिहासिक, साँस्कृतिक र पर्यटन प्रवर्द्धनको लागि प्रथम कटारी महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ । आगामी असोज ११ गते देखि १७ गतेसम्म उदयपुरको कटारीमा हुने महोत्सवको तयारी तिब्र पारिएको हो । कटारी नगरपालिका घोषणा भएपछिको यो पहिलो महोत्सव हो ।
कटारी बजारमा पहिलो पटक हुन लागेको प्रथम कटारी महोत्सवको मुख्य प्रायोजकमा कटारी नगरपालिका र सह प्रायोजकमा सौर्य सिमेन्ट प्रा.लि., सिभिल होम्स प्रा.लि., मारुती सिमेन्ट प्रालि., कसमस सिमेन्ट प्रा.लि. रहेको आयोजकका सचिव नेत्र राईले बताएका छन् । महोत्सको मुख्य आकर्षणमा डान्सिङ स्टार समेत रहेको छ । डान्सिङ्ग स्टारमा प्रथम हुनेलाई नगद रु. २५ हजार र एउटा म्युजिक भिडियो खेल्ने अवसर प्राप्त गर्ने र दोश्रो हुने विजेताले नगद रु. १० हजार प्रदान गरिने समेत राईले बताएका छन् ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती, नगरपालिका भरिका कृषि उत्पादन, कृषि जन्य सामाग्रीहरु, लोप अवस्थामा रहेका कृषि सामाग्रीहरु, पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार, कला साँस्कृतिकोे प्रदर्शनीहरु समेत गरिने आयोजकका अध्यक्ष टेकराज लाङघाली मगरले बताएका छन् ।
महोत्सव सफल बनाउन उदयपुर उद्योग बाणिज्य संघ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारी, साथी समूह कटारी लगायतका संघ संस्थाहरुको सहकार्य रहने पनि आयोजकले जनाएको छ ।
कटारी नगरको कृषि, संस्कृति, कला र पर्यटनमा यो महोत्सवले बिशेष भूमिका खेल्ने भएकोले सम्पूर्ण नगरबासीहरुले महोत्सव सफल बनाउन सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
प्रचार प्रसारका केहि फोटो फिचर





