तीन सहसचिवलाई राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तीका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले वेल्जियम, युरोपियन युनियन, पाकिस्तान र जर्मनीका राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई…

सुमन राईको नयाँ गीत “बिनायो खिप्ने कान्छा बाबै”

काठमाडौं - चर्चित गायक तथा संगीतकार सुमन राईको नयाँ गीत "बिनायो खिप्ने कान्छा बाबै " बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक तथा संगीतकार सुमन राईले यो गीत मार्फत गाउँघरको झल्को दिएका छन् । आफू परदेशमा रहँदा, विनायो खिपि हिड्ने कान्छा बाबैको याद आउने गरेको तर आफू परदेश बाट घर फर्किदा गाउँ घर छोडेर परदेश जाँदाको जस्तै हुने या नहुने भन्ने गीत मार्फत चिन्ता व्याक्त गरेका छन्। जैबी राई चाम्लिङको रचनालाई गायक स्वयम् आफै सुमन राइले संगीत र स्वर दिएका हुन् । राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा पनि…

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा

काठमाडौं २ भदौ - काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

चन्द्रकला राई र गायक यादन शेर्माको मारुनी गीत “गुराँश टिपी” सार्वजनिक

काठमाडौ - गायिका चन्द्रकला राई र गायक यादन शेर्माको मारुनी गीत "गुराँश टिपी" सार्वजनिक भएको छ। सुनकोशीको छेउ जस्ता लोकप्रिय गीत बजारमा ल्याएर स्रोताहरुको मन जित्न सफल गायिका चन्द्रकला राईको यो पछिल्लो गीत पनि निक्कै राम्रो बनेको छ । गायिका चन्द्र कला राई आफैमा संगीत संयोजक र म्युजिक भिडियो निर्देशक पनि हुन्। भने यादन शेर्माको पनि १ दर्जन जति गीतहरु बजारमा आईसकेका छन्। सार्वजनिक गीतको एरेन्ज पदन राजन मगरले गरेका हुन् भने गीतलाई मिक्सिङ्ग मुस्कान मुकारुङ्गले गरेका हुन्। अहिले यो "गुराँश टिपी" गीतको स्टुडियो भिडियो सार्वजनिक…

सरकारले नेपालको नयाँ नक्सा ल्याएकोमा माओवादी केन्द्रद्धारा स्वागत (विज्ञप्तीसहित)

दिनेश कुमार श्रीवास्तव काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत जोडेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको विषयलाई सकारात्मक भन्दै स्वागत गरेको छ । सरकारले हिजो भारतद्धारा अतिक्रमण गरिएका ति भूमिहरु समेत नेपालको नक्सामा समेटेर सार्वजनिक गरेपछि माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो बताउका हुन । माओवादी केन्द्रका महासचिव बुढाथोकीले जारी गरेको उक्त विज्ञप्तीमा माओवादी आन्दोलन, राष्ट्रवादी देशभक्त आन्दोलन र नागरिक आन्दोलनको कारण नेपाल सरकारले उक्त नयाँ…

लिपुलेकमा भारतीय अतिक्रमण विरूद्ध माओवादी केन्द्र सडकमा उत्रियो

कैलाली । भारतले नेपालीभूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) लकडाउन तोड्दै सडकमा उत्रीएको छ । नेकपा (माओवादी केन्द्र) द्धारा गठित कोरोना प्रकोप प्रतिरोध व्यवस्थापन कार्यदम सुदूरपश्चिम प्रदेशको आयोजनामा हिजो कैलालीको लम्कीमा त्यस्तो सडक आन्दोलन भएको हो । विश्वभर कोरोना संकट रोकथाम तथा व्यवस्थापनको चिन्ता बढ्दै गर्दा भारतले नेपाली भूमि अतिक्रमण गर्नु र त्यसमा सरकारको मैनता देखिएका कारण देश बचाउन आफुहरू लकडाउन तोडेर सडकमा उत्रीन बाध्य हुनुपरेको माओवादी…

ककनी गाउँ पालिका वडा नं ५ मा स्वास्थ्य सामाग्री वितरण

विचारी चाम्लिङ्ग / नुवाकोट - मानविय संवेदनालाई मध्यनजर गर्दै ककनी गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष राम लामाले आफ्ना वडा बासीहरुलाई कोरोना भाइरस नाम दिएको कोभिड-१९ बाट सक्रमित नहोस भनेर वडा बासीहरुलाइ सचेत गराउन जनचेतना मुलक एक भेलाको आयोजना गरेका छन् । कोरोना भाइरसका कारण हाल विश्व नै आतंकित भईरहेको अवस्थामा सम्पुर्ण मानवहरु मिलेर कोरोना विरुद्ध लड्न एक हुनुपर्ने राम लामाले बताएका छन् । उनले आफ्ना वडा बासिहरुको लागी एक हजार थान माक्स,दुइसय वटा साबुन र केहि पिपीइ र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेका…

राजधानीमा बस्दै आएका उदयपुरका विद्यार्थी र मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण

काठमाडौ - कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरेको लकडाउनका कारण समस्यामा परेका ५० परिवारलाई राजधानीमा खाद्यान्न वितरण गरिएको छ । काठमाडौंको गङ्गबु, टोखा बुढानिलकण्ठ, भङ्गाल, कपन, महाराजगन्ज, चाबहिलमा बसोबास गर्दै आईरहेका उदयपुरका विद्यार्थी र मजदुरहरुका ५० परिवारलाई खाद्यान्न वितरण गरिएको हो । विहिबार अनेरास्ववियुका विद्यार्थी नेता शैलेस लामाको अगुवाईमा उनीहरुको बासस्थानमै पुगेर चामल, पिठो, दाल र नुन् वितरण गरिएको हो ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै…

म निदाउन सक्दिन -स्वर्गीय सुमन

म निदाउन सक्दिन मेरो कोप्पा जस्तै देखिने प्रत्येक रात मेरो सपनाहरूमा अनेकौ प्रश्नहरु छोडी जान्छ बाबु ! यो देश कस्को हो ? तिमीले हिड्ने बाटोहरु कस्को हो ? तिमीले ओढेको आकाश कस्को हो ? तिमीले नियाल्ने हिमालहरु कस्को हो ? तिमीले टेकेको माटो कस्को हो ? कहाँ छ ? उभौलि उधौली र साकेलामा जोर-जोरले बजाईने ढोल झ्याम्टा सिलिमी पोमि र बिनायो कहाँ छ ? लेख्दा लेख्दै बाँकी तिम्रो मुन्धुमका अध्यायहरु कहाँ छ ? लेख्दा लेख्दै जलाईएका तिम्रो लिपिको स्वर्ण अक्षेरहरु कहाँ छ ? तोयामा खियामाको तान बुन्ने…

प्रधानमन्त्री र अध्यक्षलाई खुल्ला पत्र

सम्माननीय प्रम ओलिज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू ! नमस्कार सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् । "भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ" भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला। तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला। बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन। जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको…