अम्बर चाम्लिङको “सोचेको थिएँ जिवनमा मैले” बोलको गीत सार्वजनिक

काठमाडौ - गीतकार अम्बर चाम्लिङको "सोचेको थिएँ जिवनमा मैले" बोलको गीत सार्वजनिक भएको छ । खोटाङको नुनथला हाँबुमा जन्मिएर गीति लेखन क्षेत्रमा लागेका हुन् गीतकार अम्बर चाम्लिङ । मेघा स्टार राजेश पायल राईको स्वर रहेको यो गीतलाई वरिष्ठ संगीतकार शिव संगम राइले संगीत गरेका छन् । यो गीत गीतकार चाम्लिङको आफ्नै वास्तविक जीवनको भोगाई अनि उतर चढाबलाई गीति रुप दिएको गीतकारले हामीलाई बताएका छन् । सुन्दर लामाले संगीत संयोजन गरेको यो गीतलाई त्रीताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। लिप सिङ्ग भिडियो मात्रै सार्वजनिक गरिएको गीतको…

रोशन राई “पालुवा स्टार” र मेलिना राईको स्वरमा “तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक

काठमाडौ - चर्चित गायक तथा संगीतकार रोशन राई "पालुवा स्टार" र बहु चर्चित मेलिना राईको स्वरमा रहेको "तिमी सित माया गर्दा" बोलको गीत सार्वजनिक भएको छ। रमेश नामहाङ्गको शब्द तथा संगीत रहेको यो गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् भने मिक्सिङ्ग किशोर थापाले गरेका हुन्। यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेलहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ। यो गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्। लक्ष्मी बर्देवा र जीवन भट्टराईकै कन्सेप्ट र निर्देशन रहेको यो गीतको…

साहित्य, संगीत र सृजनामा गणेश श्रेष्ठ “अपेक्षा”

नेपालको भौगोलिक साथै प्राकृतिक सुन्दरताले निकैनी रमणीय ठाउँहरु मध्ये एक खाँदबारी ५ माल्टा,सङ्खुवासभामा मंसिर ९ गते आमा बालकुमारी श्रेष्ठ र बाबू काजिमान श्रेष्ठको माईलो सुपूत्रको रुपमा साहित्यकार गणेश श्रेष्ठ "अपेक्षा" को जन्म भएको हो । उनी सानै छदादेखि नै आफू बाँचेको भूगोल,संस्कार,संस्कृति,परिवेश र भोगाईका कारणले साहित्यतिर झुकाव बढेको र सिर्जना गर्न थालेका गणेशले अहिलेसम्म पनि समय र सन्दर्भ मिल्दा निरन्तर सिर्जना गरिरहेका छन् । साहित्यका प्राय सबै विधामा कलम चलाए पनि धेरै चाहिँ गीतहरु नै सिर्जना गरेका कुरा उनी बताउछन्।…

लघु चलचित्र “गौरव” युट्युवमा सार्वजनिक

काठमाडौ - नेपाल आर्मी सर्ट मुभी प्रतियोगिता २०७६ मा उत्कृष्ट ५ भित्र पर्न सफल भएको लघु चलचित्र "गौरव" युट्युवमा सार्वजनिक गरिएको छ । देशको रक्षाका लागि आफ्नो सारा जीवन नै सर्मपित गर्ने नेपाल आर्मीका दुख सुखका पाटोलाई समेटिएको कथा रहेको लघु चलचित्रले धेरैको मन छोएको छ । उत्कृष्ट ५ भित्र पर्न सफल लघु चलचित्रको लेखन सम्पादन र निर्देशन अनिल कुमार महर्जन गरेका हुन् । अनिल कुमार महर्जनले थुप्रै म्युजिक भिडियोको निर्देशन पनि गरिसकेका छन्। यो लघु चलचित्रमा प्रमिसा राई, मिन कुमार थापा, संगीता थापा, सरोज मौली, लगायतको अभिनय रहेको छ…

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बताएको छ । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए ।

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । असोज १ गतेदेखि नै सञ्चालनमा आए संगै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । संक्रमणको जोखिम बढेको अवस्थामा भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ बताईको छ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन

काठमाडौ - सरकारले असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘सुङ्गुरे माया’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - ‘सुङ्गुरे माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सयौ गीतहरु लेखेर सार्वजनिक गरिसकेका गीतकार गोपालचन्द्र राईको यो गीतमा चर्चित गायक रुपकुमार राईको स्वर, तोरेम्पा हाङको सङ्गीत र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । पूर्वेली भाकामा रहेको गीतको मिक्सिङ्ग थ्रीडी साउण्ड इन्जिनियर मिन विष्टले गरेका छन् । विल्सन विक्रम राई (तक्मे बुढा), सुरेन्द्र केसी (मुलाको साग) र अन्जली अधिकारीको अभिनय रहेको यो भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। बरिष्ठ नृत्य निर्देशक कमल राईको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई…

तायाहाङ्मा राईको ‘सफलता’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - दर्जनौ गीतहरु गाएर चर्चामा आएकी गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘सफलता’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा बरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यको संगीत, प्रताप दिलुङ्छा राईको शब्द रहेको छ भने यस गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् । मिक्सिङ्ग मास्टरिङ्ग भने श्याम बाग्दाशले गरेका हुन् । अनुषा राई र कमल सिंहले अभिनय गरेको म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बुले निर्देशन, बुद्ध थापाले छायाँकन तथा प्रकाश एस.के.ले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा आफ्नो प्रेमिका बिदेशिनु खोजेपछि…

एक हप्तापछि काठमाडौको निषेधाज्ञा स्थिति हेरेर निर्णय हुने, अहिले के -के लाई छुट ?

काठमाडौ , भदौ ३ - उपत्यकामा निषेधाज्ञा लागु भएको एक हप्ता भएपछी, पुनः थप हुने वा नहुने बारेमा एक हप्ताको स्थिति विश्लेषण गरेपछि मात्रै अर्को निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् । बाहिरबाट मान्छे ठप्प पारेपछि उपत्यकाभित्रकालाई कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाएर परीक्षणको कुरालाई व्यापकता दिन सकियो भने सबै कुरा मिल्दै गए पुनः खुकुलो बनाउन सकिने तर, जब बाहिरबाट मान्छे ह्वार–ह्वारती आउँछन्, कन्ट्याक टे«सिङ पनि लथालिङ्ग हुन्छ । परीक्षणको काम पनि सीमित हुन्छ भने अन्यौतापूर्ण स्थिति हुन्छ ।…