लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा
काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
असोज १ गतेदेखि नै सञ्चालनमा आए संगै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
संक्रमणको जोखिम बढेको अवस्थामा भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ बताईको छ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।