साहित्य, संगीत र सृजनामा गणेश श्रेष्ठ “अपेक्षा”

0 1,851

नेपालको भौगोलिक साथै प्राकृतिक सुन्दरताले निकैनी रमणीय ठाउँहरु मध्ये एक खाँदबारी ५ माल्टा,सङ्खुवासभामा मंसिर ९ गते आमा बालकुमारी श्रेष्ठ र बाबू काजिमान श्रेष्ठको माईलो सुपूत्रको रुपमा साहित्यकार गणेश श्रेष्ठ “अपेक्षा” को जन्म भएको हो । उनी सानै छदादेखि नै आफू बाँचेको भूगोल,संस्कार,संस्कृति,परिवेश र भोगाईका कारणले साहित्यतिर झुकाव बढेको र सिर्जना गर्न थालेका गणेशले अहिलेसम्म पनि समय र सन्दर्भ मिल्दा निरन्तर सिर्जना गरिरहेका छन् ।

साहित्यका प्राय सबै विधामा कलम चलाए पनि धेरै चाहिँ गीतहरु नै सिर्जना गरेका कुरा उनी बताउछन्। साँचै भन्ने हो भने समकालिन गीतकारहरु मध्ये उनको गीतहरु निकै नै गहिरो,ओझिलो र दार्शनिक खालका हुन्छन् र नै गीतकार गणेश श्रेष्ठ”अपेक्षा”को परिचय छुट्टै बनेको पाउछौं । नेपाली साहित्यमा गीतकारकै रुपमा बढी चर्चित र स्थापित हुनका साथै धेरै गीतहरु चर्चित पनि बनेका छन्। उनको पहिलो प्रकाशित रचना भने वि.स.२०५१ सालमा नव कविता द्वैमासिकमा”जहिँ छु म”भन्ने कविता हो भने २०५१ सालमै बुलुमुकारुङ्गको संगीत र यम बरालको स्वरमा रहेको”ब्याथा मेरो बुझिदिने”गीत रेकर्ड भएको थियो । गीतकार अपेक्षाले औपचारिक शिक्षा त्रि.वि.किर्तिपूरबाट एम ए र बि एड गरेका छन् । उनका कृतिहरुमा “मनको आकाश ” गीति संग्रह प्रकाशोन्मुख छ भने “बाटो हिँड्दा” गीति एल्वम भरखर बजारमा आएको छ । यस एल्बममा सुन्दर,अर्थपूर्ण,गहकिलो र सदाबहार सातवटा गीतहरु समावेश गरिएका छन् । जुन गीतहरुले नेपाली गीत-संगीत क्षेत्रमा नयाँ ईंटा थप्ने ठूलो आशा गर्न सकिन्छ। यस एल्वमका सम्पूर्ण गीतहरुमा अहिलेका निकै नै ब्यस्त साथै राम्रा संगीतकार तथा गायक शिवसंगम राईले गरेका छन् भने लासीमित राई,कुबेर राई,उदय सोताङ,अन्जु पन्त,भविन ढुंगना, प्रताप दास,विकी केसी र श्रेया राईका सुमधुर स्वरहरु सुन्न सकिन्छ ।

बाटो हिँड्दाका सम्पूर्ण गीतहरु “नेपाली संगीत घर “युट्यूव च्यानलमा सुन्न सकिन्छ । यसै गरी गरि उनका सात दर्जनभन्दा बढी कविता,गीतहरु,एक दर्जन जति कथाहरु,केही समालोचनात्मक, समीक्षा, अनुसन्धानात्मक लेखहरु, विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। विभिन्न एल्वममा समावेस र रेडियोमा रेकर्डेड गरि साढे तीन दर्जन गीतहरु रहेका छन् । उनले बाटो हिँड्दा यल्वममा समावेस शिवसंगम राईको संगीत र उदय सोताङको स्वर रहेको गीतबाट नेपाल गीतकार संघद्वारा प्रदान गरिने उत्कृष्ठ टप थ्री २०७५ को पुरस्कार प्राप्त गर्नका साथै अरु धेरै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। उनले त्रि वि लगायत अरु धेरै क्याम्पसहरुमा अध्यापन पनि गर्नका साथै विभिन्न पुस्तक,पत्रिकाहरुमा सम्पादकका रुपमा रहेर पनि काम गरे। संस्थापक आजीवन सदस्य,सङ्खुवासभा समाज अमेरिका,आजीवन सदस्य गीतकार संध नेपाल लगायत अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध रहेका छन्। हाल फोर्ट लुइस कलेज,डुराङ्गो कोलोराडो अमेरिकामा कार्यरत छन्। गीतकार अपेक्षा मर्मको शिलसिलामा जुन भूगोलमा रहेता पनि नेपाली साहित्यलाई नजिकबाट बुझी अत्यन्तै माया र सम्मान गरि यसैको बिकास र श्रीवृध्दिको लागि निरन्तर लागि रहेने कुरा बताउछन र आगामी दिनहरुमा अझ राम्रा र परिष्कृत सिर्जजाहरु पस्कने प्रण गरेका छन् ।

Loading...