नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने

0 1,595

सिलिचुङ्ग टिभि / नुवाकोट। आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि नुवाकोटमा गरमागरमी बढेको छ। प्रमुख राजनीतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमन विक्रम पाण्डे, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन नरशिंह केसी, नेकपा एमालेको तर्फ बाट नारायण प्रसाद खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट झनक प्याकुरेल लगायत उम्मेदवार रहेको नुवाकोट क्षेत्र नम्बर दुई अन्तरगत चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। नुवाकोट जिल्लाको दुईवटै क्षेत्रमा गरेर प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भए पनि भर्खरै स्थापना भएका राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सुमन बिक्रम पाण्डेको चर्चा चुलिदै गएको देखिन्छ । विगत लामो समय देखि पर्यटन व्यावसाय गर्दै आएका पाण्डे समाजसेवामा सक्रिय छन्। समाजसेवाकै क्रममा नुवाकोट लगायत देशका विभिन्न क्षेत्रमा आर्थिक, सामाजिक र नैतिक सहयोग गरेर समाजसेवामा सक्रिय भएकै कारण नुवाकोटको राजनीतिक वृतमा पाण्डेको चर्चा चुलिएको हो।

सिलिचुङ्ग टिभिले नुवाकोट क्षेत्र नम्बर २ अन्तरगत स्थलगत सर्वेक्षण गर्दा अधिकांश स्थानीयहरू पाण्डेको पक्षमा खुलेको भेटियो। विदुर र वेलकोट गरेर दुई नगरपालिका र तारकेश्वर, किस्पाङ्ग र म्यागंङ्ग गरेर ३ गाउँ पालिका रहेको क्षेत्र नम्बर २ मा पुरानोलाई धेरै हेरियो अब नयाँलाई हेर्नुपर्छ भन्ने स्थानीयहरू भेटिएका छन्। बेलकोट नगर पालिका वडा नम्बर १० अन्तरगत सुन्दर बजारका पुरै एक गाउँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन्। २२ घर परिवार रहेको उक्त गाउँमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दल परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई सहयोग गर्न जुटेका हुन्।
“अनुभवको पुँजी साझेदारी युवा पुस्ता संग” भन्ने मूल नारा लिएर चुनावी मैदानमा उत्रिएका पाण्डे आफूमा कुनै आर्थिक लोभ लालच नभएको बताउछन्। पाँच सय भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिदै आएका पर्यटन व्यावसायी पाण्डेलाई तपाईको उम्मेदवारी किन भन्ने हाम्रो प्रश्नमा नीति नियम निर्माण गर्ने तहमा पुग्नको लागि आफूले उमेदवारी दिएको बताउछन्। यहाँ विभिन्न प्रकारका वेथिति, विसंगतीम नीतिगत भ्रष्टाचार हुदै आएकोले यसलाई निर्मुल पार्न आफू लाग्ने बताउछन्।

राजधानी संगै जोडिएको जिल्ला भएर पनि विकासको हिसाबले अझै पछाडी रहेकोले जिल्लालाई स्वस्थ, शिक्षा, सडक स्तरोउन्नति, कृषि, रोजगारी, उद्योग कलकारखाना, खानेपानी लगायतमा आफू केन्द्रित रहेर अगाडि बढ्ने प्रतिबद्धता गर्छन् पाण्डे।

सरसरती हेर्दा राजनीतिमा नयाँ अनुहार भएपनि नुवाकोटमा पाण्डेको पकड र पहुँच बढ्दै गएको छ। देशमा स्वतन्त्रहरुको जगजगी रहेको बेला किन तपाई चाहि राष्ट्रिय स्वतन्त्र पार्टी नै रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा पाण्डे भन्छन् स्थानीय तहमा आफै कार्यकारी हुने हुँदा काम गर्न सजिलो छ तर प्रतिनिधि सभामा आफै कार्यकारी नहुने हुँदा काम गर्न नसकिने कारण काम गर्नलाई सजिलो होस् भन्ने हेतुले पार्टि रोजेको हुँ। अरु पार्टी प्रति रुचि नभएको र राष्ट्रिय स्वतन्त्र पार्टीमा सबैजना जोस जागर सहित अगाडि बढेको कारण केहि गर्छ कि भन्ने आश भएकोले पनि यो पार्टी रोजेको हुँ।

बाँकी भिडियोमा हेर्नुहोला

वेलकोट नगरपालिका अन्तरगत सुन्दर बजार आसपासका स्थानीयहरू संग गरिएको कुराकानी

Note -हामीले प्रशारण गरिएको सामाग्री स्थानीयहरू संग गरिको कुराकानीको आधारमा तयार पारिएको हो

Loading...