“खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक

0 644

काठमाडौ- “खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुदिप लामा र लमु शेर्पाको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
रिक्देन पाख्रिनको शब्द रचना र जोग्ला लामाको संगीत तथा एरेन्ज रहेको गीतलाई अर्पण थिङ्गले मिक्सिङ्ग गरेका छन्।

सुदिप लामा, कुन्साङ्ग लामा, मिन बहादुर बोम्जन र निरमाया तितुङ्गको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई कृष्ण ब्लोनको सम्पादन र पाल्देन लामाको निर्देशन रहेको छ।

गीतको म्युजिक भिडियोलाई काठमाडौको जोरपाटी स्थित बर्गर हाउसको हलमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। तामाङ्ग चलचित्रका चर्चित नायक कुमार मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमा वेवारिसे लास व्यवस्थापन गर्दै आएका समाजसेवी बिनय जंग बस्नेत, पुजा विश्वकर्मा लगायतका उपस्थित रहेको थियो भने कार्यक्रम वेवारिसे लास व्यवस्थापन गर्दै आएकी राजनीतिज्ञ तथा समाजसेवी पवित्रा लामाले संचालन गरेकी थिईन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...