चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक

0 281

काठमाडौ – तामाङ्ग भाषाको चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक भएको छ। विभिन्न चलचित्रकर्मीहरु, बौद्धिक वर्ग र पत्रकारहरुको बीच एक कार्यक्रम गरेर उक्त चलचित्रको ट्रिजर सुक्रबार सार्वजनिक गरिएको हो।

गाउँ बाट शहर पसेका एक तामाङ्ग युवाको कथा हो काख्रे। विभिन्न जिल्लाबाट काठमाडौ आएका युवाहरुको जीवन यापन र संघर्षलाई यस चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जानकारी दिएका छन्। निर्माण पक्षका अनुसार चलचित्र राजधानीको व्यास्त ठमेल बाट सुरु हुन्छ। बिरामी आमाको उपचार खर्च कमाउन शहर आएका युवा र गाउँ बाट शहर आएका काख्रे पात्रको भेट हुन्छ। काख्रेको संगतले अरु युवाहरु पनी कहिले डान्स बार त कहिले ;लुटपात र ग्याङ्ग फाईटमा समेत सामेल हुन्छन्। चलचित्रको अन्त्यामा कख्रेको संगतले केहि नहुने भएपछी अरु युवाहरु पछुताउछन्। चलचित्रको मुख्य कथा यसैको पेरिफेरिमा रहेको चलचित्र निर्माण पक्षले हामीलाई बताएका छन्।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्ग्बा,कुइसाङ्ग रुम्बा, प्रवल थिङ्ग, सिङ्ग बहादुर तामाङ्ग,सपना वाइबा,प्रभा घिसिङ्ग, किरण गोर्खे, रेशम श्याउली,किरण साजन,लोप्साङ्ग लामा,राम गोले,गेल्देन तामाङ्ग, रोशन तामाङ्ग,माया स्याङ्ग्बो,विशाल तामाङ्ग लगायतको अभिनय रहेको छ।
चलचित्रलाई रोशन फ्युबा तामाङ्गले निर्देशन गरेका हुन् भने ऋतुराज पाख्रिनले चलचित्रको कथा तयार पारेका हुन्।

उक्त चलचित्रलाई प्रकाश तामाङ्गले छायांकन,राजु किरातले निर्देशन र अजय स्याङ्गतानले कोरियोग्राफ गरेका छन्। विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको उक्त चलचित्रमा रिन्जिन लामा र शसिकला मोक्तानको स्वर रहेको छ। गीतको शब्द रचना भने साङ्गे ब्लोन र रिन्जिन लामाले गरेका हुन्। अश्मिताले शृंगार गरेको उक्त चलचित्रमा पार्श्व संगीत अमित श्रेष्ठको रहेको छ। पोस्ट प्रोडक्सन ल्हाप्साङ्ग म्युजिक सेन्टरले तयार परेका छन् भने चलचित्रको सम्पादन रोशन फ्युबाले गरेका हुन्।

चलचित्रको ट्रिजर यहाँ हेर्नुहोला

Loading...