“वाबुक बि आराख टुङ्गमागो ” बोलको गीत सार्वजनिक

0 511

काठमाडौ – मेघा स्टार “राई इज किङ्ग” राजेश पायल राई र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत “वाबुक बि आराख टुङ्गमागो ” बोलको गीत सार्वजनिक भएको छ। उक्त शब्द किरात राई दुङ्गमाली भाषा बाट लिएको हो।

गीतकार सुगम राईको शब्द रचनामा तयार भएको गीतलाई संगीतकार खगेन्द्र थामीले संगीत गरेका हुन्। गीत अत्यान्तै कर्णप्रिय रहेको छ। सार्वजनिक गीतमा बाबुल गिरीको एरेन्ज र मुस्कान मुकारुङ्गले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन्।

चर्चित कलाकार उमेश राई “फुलन्देको आमा” र अनुषा राईको मुख्य भूमिका रहेको यो गीतको म्युजिक भिडियोमा संगीतकार खगेन्द्र थामी
“थामी खुसि भाई” पुण्य गौतम, चर्चित गायिका सुरक्षा सिन्चुरी,अनिता लामिछाने,सुनिता चेम्जोङ्ग,पुर्णिमा थामी, प्रदिप लकान्द्री, राजा मावो,
चन्द्रकला बराईली लगायतको अभिनय रहेको छ।

सार्वजनिक म्युजिक भिडियोको कोरियोग्राफ अमृत शाही ठकुरीले गरेका छन्। मरुभूमि नारायणले छायांकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन, सोनी राईले शृंगार गरेका हुन्। म्युजिक भिडियोको निर्देशन संगीतकार खगेन्द्र थामी स्वयम् आफैले गरेका हुन्।

म्युजिक भिडियोमा मनिषा मगर, अविन तामाङ्ग, सविना पन्त, गिरि सोनिया,धनु थारु, पूजा श्रेष्ठ,कृपा बस्नेत, समी कार्की, प्रविन मल्ल,प्रकाश परियार, जीवन मगर, कबिर श्रेष्ठको पनि अभिनय देख्न सकिने छ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

सुटिङ्ग रिपोर्ट

Loading...