गायिका प्रशन्ना पाण्डे सर्वोत्कृष्ट गायिकाको अवार्डद्वारा सम्मानित
काठमाडौ – गायिका प्रशन्ना पाण्डेलाई स्टार ईन्टरनेशनल अवार्डद्वारा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको छ। ट्रफी मेडल र प्रमाण-पत्र सहित उक्त सम्मान पाण्डेलाई प्रदान गरिएको हो।
हरेक विधाका गीतलाई गाउने क्षमता राख्ने गायिका पाण्डे नेपाली कला र भाषालाई औधि माया गर्छिन् भने समाजसेवामा पनि उतिकै सकृय छिन् |
होटल र्याडिसनमा सम्पन्न भएको स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणमा रक्षा-मन्त्री डा मिनेन्द्र रिजालको प्रमुख रहेका थिए भने उक्त अवार्ड कार्यक्रममा नेपालका सदावहार नायक भुवन केसी,चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक रमेश उप्रेती, नायिका रेजिना उप्रेती, गायिका सिन्धु मल्ल, कलाकार तथा कोरियोग्राफर प्रशान्त ताम्राकार,वरिष्ठ गायक सिताराम पोखरेल,वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ कलाकार मोहन निरौला,निर्देशक दिपक आचार्य ‘काकू’लगायतको विशेष उपस्थिती रहेको थियो ।