प्रिया लिम्बु मादेन र गोबिन्द चेम्जोङ्ग लिम्बुको “निम्छरो” सार्वजनिक
काठमाडौ – प्रिया लिम्बु मादेन र गोबिन्द चेम्जोङ्ग लिम्बु अभिनित म्युजिक भिडियो “निम्छरो” सार्वजनिक भएको छ। प्रिया लिम्बुको सशक्त अभिनयले गर्दा डेब्यु म्युजिक भिडियोमै प्रशंसा पाएकी छन् ।
व्यावसाय संगै मोडलिङ्ग क्षेत्रमा लागेकी प्रिया लिम्बु मादेनको म्युजिक भिडियो सार्वजनिक भए संगै कलाकारिता क्षेत्रमा पनि भविष्य उज्ज्वल देखिएको छ।
सरगम शितल सुब्बाको शब्द रचना रहेको “निम्छरो”मा गोबिन्द चेम्जोङ्गले स्वर तथा संगीत दिएका हुन्। राजु कार्कीले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन पवन सुस्लिङ्गले गरेका छन्।
यो गीतको म्युजिक भिडियोलाई शैलेन्द्र थेवे लिम्बुले निर्देशन गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुहोला
प्रिया लिम्बु मादेन संग गरिएको भिडियो कुराकानी