नुमा राईको स्वरमा “हिजो तिम्ले” बोलको म्युजिक भिडियो सार्वजनिक

0 155

काठमाडौ – गायिका नुमा राईको स्वरमा “हिजो तिम्ले” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राई एक मोडेल पनि हुन्। उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

सार्वजनिक गीतमा मिलन भुजेलको शब्द रचनालाई अशोक लिम्बुले संगीत गरेका हुन्। एरेन्ज भने राजु कार्कीले गरेका छन्।

सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयं नुमा राई , आकृति लिम्बु, दिपक लोप्चन र सविता कोईरालाले अभिनय गरेका छन् । गङ्गाराम राईले छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा अनुस्का थापाले शृंगार गरेकी हुन् भने श्री शक्ति बराईलीले म्युजिक भिडियोको निर्देशन गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...