“पात बजाउदै” बोलको म्युजिक भिडियो सार्वजनिक

0 696

काठमाडौ – मेघा स्टार राजेश पायल राईको स्वरमा “पात बजाउदै” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत-संगीतको क्षेत्रमा एकछत्र राज गर्दै सदावहार गायकको रुपमा आफ्नो परिचय बनाएका गायक राजेश पायल राईको मिठो स्वरमा उक्त गीत सार्वजनिक भएको हो। यो सार्वजनिक गीतमा मिठो संगीत अनि शब्दको फ्युजन रहेको छ ।

सार्वजनिक गीतमा लिमन लिम्बुको शब्द रचनालाई अनिल कोयी राईले संगीत गरेका हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ ।

चर्चित मोडेल अलिशा राई, अलिश राई (प्र्यांक स्टार) र रोजन लिम्बुले अभिनय गरेको म्युजिक भिडियोलाई दिनेश पराजुलीले छायांकन अनि अमृत चापागाईंले सम्पादन गरेका हुन्।

आहाना भट्टराईले शृंगार गरेको म्युजिक भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक कृष्टि किरातीले निर्देशन गरेकी हुन्। निर्देशक किरातीले यो भन्दा अगाडि पनि दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेकी छन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...