बिक्रम राई र सुनिता थेगिमको स्वरमा “जब भेटे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक

0 589

काठमाडौ – ममता राई इन्टरटेन्मेण्टले “जब भेटे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बिक्रम राईसुनिता थेगिमको स्वरमा रहेको उक्त लभ सङ अमेरिकाको न्यु-योर्कमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

प्रेमिल शब्दहरुलाई उनेर तयार पारिएको यो गीतको शब्द रचना ममता राई “यात्री” ले गरेकी हुन् । गीतकार ममता राई “यात्री”को दर्जनौ गीतहरु चर्चामा छन्। यो गीतमा संगीत गायक स्वयम् आफै बिक्रम राईले नै गरेका छन् । एरेन्ज भने पुरुषोतम सुवेदीले गरेका हुन्।

किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेको यो गीतलाई ए-वन म्युजिसियन रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो।

गायक बिक्रम राई पहिलो नेपाल आईडल विजेता हुन् भने गायिका सुनिता थेगिम अहिलेको लोकप्रिय गायिका हुन्। उनको सयौ गीतहरु दर्शक स्रोताहरुले मन पराएका छन्।

मोडेल सिता राईशान्तिराज राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई कुलेखानी, मार्खु भेडी चौर लगायत रमणिय स्थानमा छायांकन गरिएको हो।

मोहन कुमार “झिल्लु” ले छायांकन गरेको यो गीतको म्युजिक भिडियोमा राकेश रनपालको शृंगार, छवि थापाको कोरियोग्राफी, अनिल कुमार महर्जनले सम्पादन र कलर गरेका हुन् भने ईन्द्र जिजीबिषाले म्युजिक भिडियो निर्देशन गरेका छन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...