“थाहाँ छैन्” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – चलचित्र निर्माता पृथ्वी राई र गोमा राई अभिनित “थाहाँ छैन्” बोलको गीत सार्वजनिक भएको छ । ललितपुरको कुमारीपाटीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
यस अघि निर्माता पृथ्वी राईले चलचित्र “मट्टीमाला” फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला – २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताएका छन्।
किरण चाम्लिङको शब्। सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज रहेको गीतमा चिश्चल राईको स्वर रहेको छ ।
सुजन बज्रचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा पृथ्वी राई र गोमा राई संगै नीर बम्जम, भीम थापा, सीता कुमारी राई, रिजन महर्जन र सबिन कुँवरले अभिनय गरेका छन् । मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।
बाँकी भिडियो समाचार हेर्नुहोला
“थाहा छैन” बोलको म्युजिक भिडियो यहाँ हेर्नुहोला