न्युयोर्कबाट “गुन्जियो तिजको भाका” बोलको म्युजिक भिडियो सार्वजनिक

0 861

साउन ३१ न्युयोर्क – महिलाहरुको चाड हरितालिका तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट “गुन्जियो तिजको भाका” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।

माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गीतका रचनाकार ममता राई “यात्री” हुन भने संगित दिप घतानीको रहेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका माया गुरुङ, रचनाकार ममता राई “यात्री” कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रबिन गुरुङको अभिनय देख्न सकिन्छ ।

तिजको गुन्जियो भाका गीतलाई ओम कर्माचार्यले खिचेका हुन भने सम्पादन पनि कर्माचार्यकै रहेको छ । यो गीतको म्युजिक भिडियोलाई रमेश सुनुवारले निर्देशन गरेका हुन् ।

भिडियो यहाँ हेर्नुहोला

 

Loading...