उर्मिला कुसुण्डा र खगेन्द्र थामी खुशी भाईको स्वरमा “चरि उड्यो भुरुरु” सार्वजनिक
काठमाडौ – उर्मिला कुसुण्डा र खगेन्द्र थामी खुशी भाईको स्वरमा “चरि उड्यो भुरुरु” बोलको गीत सार्वजनिक भएको छ । ‘द भ्वइस अफ नेपालको ’ नक आउट राउण्ड बाट बाहिरिएपछि उर्मिलाको यो पहिलो गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा खगेन्द्र थामी ‘खुशी भाई’ को शब्द रचना तथा संगीत रहेको रहेको छ । गीतको एरेन्ज पदम राजन मगरले गरेका छन् भने अडियो मिक्सिङ मुस्कान मुकारुङले गरेका हुन् ।
उर्मिला कुसुण्डा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन् भने यो समुदायबाट गीत रेकर्ड गराउने उनी नै पहिलो गायिका हुन् । गायक तथा संगीतकार ‘खुशी भाई’ पनि अल्पसंख्यक समुदायबाट नै प्रतिनिधित्व गर्छन् । गायक खुशी भाईले यसअघि पनि दर्जनौ चर्चित गीतहरु रेकर्ड गराई सकेका छन् ।
म्युजिक भिडियो यहा हेर्नुहोला