नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने
काठमाडौ – विश्वमा आएको महामारी बाट प्राय सबै क्षेत्रहरु प्रभावित भएको अहिलेको विषम अवस्थामा गीत संगीत क्षेत्र पनि अत्याधिक मात्रमा प्रभावित भएको छ । भौतिक रुपमा सँगै रहेर गीत संगीत श्रीजना गर्न नपाए पनी अन्लाइन मार्फत गीत संगीतको बिस्तार गर्न सकिने भएको छ ।
HP Entertainment को आयोजनामा इन्टरनेशनल नेपाली अन्लाइन सिङ्गगिङ्ग कम्पिटिसन हुने भएको छ। यही मे १५ बाट अन्लाइन सिङ्गिङ्ग प्रतियोगीता सुरु हुने कार्यक्रम आयोजक HP Entertainment ले जानकारी दिएको छ। संगीत सङ्ग आबद्ध रहनु हुने सबै नेपाली भाषी ब्याक्तित्वहरुले यो कार्यक्रममा सहभागी जनाउन सक्ने बताईएको छ।
यस कार्यक्रम बाट उत्कृष्ट पहिलो हुनु हुने गायक गायिकाहरुलाई एउटा एकल एल्बम २ वटा नेपाली चलचित्रमा गीत गाउँने अवसर र आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यसैगरी दोस्रो हुने प्रतियोगीलाई ३ वटा गीत रेकर्डिङ र आकर्षण पुरस्कार प्रदान गर्ने जानकारी इन्टरनेशनल नेपाली अन्लाइन सिङगिङ प्रतियोगिता हुने जानकारी आयोजकले बताएका छन् ।
कार्यक्रममा प्रतियोगीले घरबाटै गाएर HP Entertainment को gmail ID मा पठाउनु पर्ने छ। सुरुको चरणमा म्युजिक ट्र्याक बिना नै एक स्थाइ एक अन्तरा गाएर पठाउनु पर्ने छ। उक्त चरण बाट छानिएको प्रतियोगिले दोस्रो पटक आफुले गाउँने गीतको बोल सहित कार्यक्रम आयोजक HP Entertainment लाई जानकारी गराउनु पर्ने छ। myvoicenepal@gmail.com मार्फत आफ्नो प्रस्तुती पठाउन सकिने बताईएको छ।
कार्यक्रममा सहभागी हुने प्रतियोगीहरुको निर्णय कार्यक्रमको निर्णयकहरुले नै फाइनल निर्णय गर्नु छन् । कार्यक्रममा लोक प्रिय संगीतकार विकास चौधरी संगीतकार चर्चित सुमन राई र गीतकार हरी उप्रेती निर्णयकको रुपमा रहने छन् । कार्यक्रम HP Entertainment youtube Channal मार्फत प्रसारण हुने आयोजकले जनाएको छ।