“म बाँच्नुको के अर्थ” बोलको म्युजिक भिडियो सार्वजनिक
ईन्द्र जिजीबिषा – काठमाडौ – चर्चित गायक रुपकुमार राईको “म बाँच्नुको के अर्थ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “राम साइली” “गुन्द्रुक किनेमा” स्वप्निल छायाँले ” “चर्चा” “सुङ्गुरे माया” लगायत ६ सय भन्दा बढि गीतहरुमा आफ्नो आवाज भरि सकेका गायक रुपकुमार राईको “म बाँच्नु को के अर्थ” बोलको गीत सार्वजनिक भएको हो।
“ठूली” चन्द्रकला कोयीको शब्द रचना रहेको गीतमा संगीत पनि गायक स्वयम् रुपकुमार राईकै रहेको छ। एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग राजु कार्कीले गरेका हुन् भने रेकर्ड सुरेश राईले गरेका हुन्।
दिक्पाल कार्की र शेशुका राईले अभिनय गरेको म्युजिक भिडियोमा प्रेममा हुने पिडालाई देखाउन खोजिएको छ। प्रेममा खुशी र रोमान्स मात्रै हैन पिडा पनि हुन्छ भन्ने बोध गराईएको छ।
दिर्घ गुरुङले छायांकन गरेको म्युजिक भिडियोमा श्याम लामाले श्रींगार कल्पना लिम्बुले हेयर डिजाईन गरेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले कलर गरेको हुन् भने म्युजिक भिडियो निर्देशन सम्पादन वीरबहादुर राई “युवराज”ले गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुहोला