सुमन राईको नयाँ गीत “बिनायो खिप्ने कान्छा बाबै”

0 1,408

काठमाडौं – चर्चित गायक तथा संगीतकार सुमन राईको नयाँ गीत “बिनायो खिप्ने कान्छा बाबै ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायक तथा संगीतकार सुमन राईले यो गीत मार्फत गाउँघरको झल्को दिएका छन् ।

आफू परदेशमा रहँदा, विनायो खिपि हिड्ने कान्छा बाबैको याद आउने गरेको तर आफू परदेश बाट घर फर्किदा गाउँ घर छोडेर परदेश जाँदाको जस्तै हुने या नहुने भन्ने गीत मार्फत चिन्ता व्याक्त गरेका छन्।

जैबी राई चाम्लिङको रचनालाई गायक स्वयम् आफै सुमन राइले संगीत र स्वर दिएका हुन् । राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा पनि गाउँघरको दृश्यलाई देखाईएको छ ।

एक्सन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई सुवास कुथुमी राईको रेकड, गोबिन्द सोनीको मास्टरिङ रहेको छ ।

चर्चित गायक तथा संगीतकार सुमन राईको चलचित्र “मट्टिमाला” को ‘बेची दिन्थे यो जवानी ‘ जस्ता सयौ गीतहरु सर्वाधिक चर्चित छन्।

गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...