चन्द्रकला राई र गायक यादन शेर्माको मारुनी गीत “गुराँश टिपी” सार्वजनिक
काठमाडौ – गायिका चन्द्रकला राई र गायक यादन शेर्माको मारुनी गीत “गुराँश टिपी” सार्वजनिक भएको छ। सुनकोशीको छेउ जस्ता लोकप्रिय गीत बजारमा ल्याएर स्रोताहरुको मन जित्न सफल गायिका चन्द्रकला राईको यो पछिल्लो गीत पनि निक्कै राम्रो बनेको छ ।
गायिका चन्द्र कला राई आफैमा संगीत संयोजक र म्युजिक भिडियो निर्देशक पनि हुन्। भने यादन शेर्माको पनि १ दर्जन जति गीतहरु बजारमा आईसकेका छन्।
सार्वजनिक गीतको एरेन्ज पदन राजन मगरले गरेका हुन् भने गीतलाई मिक्सिङ्ग मुस्कान मुकारुङ्गले गरेका हुन्। अहिले यो “गुराँश टिपी” गीतको स्टुडियो भिडियो सार्वजनिक गरिको छ।
भिडियो यहाँ हेर्नुहोला