गन्धर्बहरुले गाए काेराेना सम्बन्धि सचेतनामुलक गीत

0 2,004

काठमाडौ – पछिल्लाे समय चिनबाट माहामारिकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे कारण नेपाल पनि उच्च जाेखिममा रहेकाे कुरा विश्व स्वास्थ्य सँगठनले बताएको छ । यसबाट सर्तकता अपनाउन नेपाल सरकारले देशका रहेका फिल्म हल लगायत अन्य मान्छेकाे चाप बढि रहने हलहरु बैशाख १८ सम्मलाइ बन्द गराइसकेकाे छ । एकै ठाउमा २५ जनाभन्दा बढि भेला नहुन समेत सरकारले निर्देशन दिएका छ ।

यसै समयमा काेराेना भाइरसकाे बिषयलाइ समेटेर एक सन्देशमुलक गीतकाे भिडियाे सार्वजनिक गरिएकाे छ । सार्वजनिक लाैन आयो है के आयो बाेलकाे गीतमा ध्रुब बिश्वकाे स्वर अम्बिका गुरुङकाे शब्द तथा दिपक शर्माकाे संगीत रहेकाे छ ।

काेराेना भाइरसकाे त्रासमा रहेकाे जन समुदायलाई सचेतना फैलाउने उदेश्यले तयार पारिएकाे यस गीतकाे भिडियाेमा राज खडका र सुरज अधिकारिले अभिनय गरेका छन् । उनिहरु गन्धर्ब भेषमा गाउगाउमा पुगेर साराङ्गी रेटदै गीत गाइरहेकाे देख्न सकिन्छ ।

यस भिडियाेलाइ बिजय लामाले खिचेका हुन् भने बिष्णु खडकाले सम्पादन गरेका हुन् । काभ्रेकाे भकुण्डेबेशिमा छायांकन गरिएकाे भिडियाेलाइ कलाकार राज खडकाले नै निर्देशन गरेका छन् ।

भिडियो हेर्न यहाको लिंकमा क्लिक गर्नुहोला

Loading...