‘आउन मन लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

0 1,195

काठमाडौ – ‘क्यूट बेबी’ उपनामले चिनिएकी कशिस दाहाल अभिनित नयाँ मुजिक भिडियो बजारमा आएको छ । ‘आउन मन लाग्छ’ बोलको कमेडी मुजिक भिडियोमा ‘क्यूट बेबी’ कशिस लगायत आधा दर्जन कलाकारहरुले अभिनय गरेका छन् ।

कमेडी गायक सुखदेव राई र ममता राईको स्वरमा रहेको यो गीतको मुजिक भिडियोमा नायकले नायिकालाई घुमाउँन काठमाण्डौंको अफर गर्दा मोटरसाईकल नै स्टाट नभएपछि विच्किएर नायिका भाग्न खोज्छिन् । यो म्युजिक भिडियोमा हाँसो ठट्टा गर्दै फकाउँने गरेको दृश्य निक्कै आकर्षक रहेको छ ।

गायक सुख देव राई संगीतकार पनि हुन् भने गायिका ममता राईले यहि गीत मार्फत नेपाली म्युजिक क्षेत्रमा डेब्यु गरेकी हुन् । ममता राईको डेब्यु गीत भए पनि उनले भरपुर प्रयास गरेको कारण गीत निक्कै मिठो बनेको छ ।

‘क्यूट बेबी’ कशिसले अभिनय गरेको नेपाली चलचित्र ‘क्वीन’ प्रदर्शनको तयारीमा रहेको छ । उक्त चलचित्र फागुन ३ गते विराटनगरको हिमाल हलमा प्रदर्शन गरिने बताईएको छ । ‘क्यूट बेबी’ कै अर्को चलचित्र ‘मिशन मधेश’ पनि रिलिजको तयारीमा रहेको छ । उनी आधा दर्जन भन्दा बढी चलचित्रमा मुख्य नायिका भएर काम गरे सकेकी छन् भने चार दर्जन भन्दा बढि मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरेकी छन् ।

पछिल्लो समयमा लगातार चलचित्र र म्युजिक भिडियोमा अफर आइ रहेपनि सामाजिक तथा समाज परिवर्तनको लागि यो क्षेत्रमा लागेको बताउदै ‘राष्ट्र र राष्ट्रियतामा आधारित चलचित्रमा काम गर्न रुचाउँछु” भन्दै, आफूलाई मन परेको म्युजिक भिडियो र चलचित्रमा मात्रै काम गर्दै आएकी छन् कशिसले ।’

यो गीतको म्युजिक भिडियोमा नायिका कशिसलाई खडक बिष्ट, बिदुर पोख्रेल कविता गौतम, र रबि आचार्यले साथ् दिएका छन् । “आउन मन लाग्छ” गीतको शब्द संगीत सुख देव राईकै रहेको छ भने, यो गीतमा मनोज साङ्ग्सोनले एरेन्ज गरेका छन् ।

बिनय लामाले छायांकन गरेको यो गीतको म्युजिक भिडियोमा कमल चौलागाईले सहयोग गरेका छन् । लालु माया वाईबाले शृंगार गरेको यो गीतको म्युजिक भिडियोलाई फुर्वा लामाले सम्पादन र ज्ञानकुमार कट्टेलले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...