तामाङ्ग भाषामा “मुग्लान” बोलको म्युजिक भिडियो सार्वजनिक (म्युजिक भिडियो सहित)

रोश्नि ब्लोन र फुर्वा दोर्जे मोक्तानको शशक्त अभिनय

0 731

ईन्द्र जिजीबिषा – काठमाडौनिमा दोङ्गजितु लोप्चनको स्वरमा रहेको नयाँ तामाङ्ग गीतको म्युजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको छ । परदेश गएका श्रीमान् र घरदेशमा रहेको श्रीमती बीच रहेको कथालाई “मुग्लान” बोलको म्युजिक भिडियोमा देखाईएको छ । यति मात्रै हैन म्युजिक भिडियो भित्र कुनै पनि महिलाको श्रीमान् परदेशमा रहदा घरदेशमा रहेकी श्रीमतीले भोग्नु परेको बुहार्तन र समाजको नकारात्मक दृष्टि र त्यस्ता कु-बिचार र कु-दृष्टि राख्ने व्याक्तिलाई सवक सिकाईएको पनि म्युजिक भिडियोमा देखाईएको छ ।

सार्वजनिक म्युजिक भिडियो “मुग्लान” मा फुर्वा दोर्जे मोक्तान, रोश्नि ब्लोनकुइसाङ्ग रुम्बाले अभिनय गरेका छन् । कलाकार रोश्नि ब्लोनलाई तामाङ्ग चलचित्रमा खारिएकी कलाकारको रुपमा लिने गरिएको छ । शुशिल डाँगीले छायांकन गरेको म्युजिक भिडियोलाई कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङ्गले गरेका छन् । सानु हाविकले ड्रोन उडाएका हुन् भने यमुना पाण्डेले शृंगार र सुर्य लामाले म्युजिक भिडियोलाई कलर गरेका हुन् ।

कुमार स्याङ्ग्बाको शब्द रचनामा रहेको गीतलाई निमा दोङ्गले संगीत गरेका हुन् भने एरेन्ज र मिक्सिङ्ग बुध्द स्याङ्ग्बाले गरेका हुन् ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु ठोकरको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा,नायिका चाँदनी मोक्तान, चलचित्रकर्मी आस्मान लामा, चलचित्र कर्मी भुइसाल लामा, बौद्धको पूर्व वडा अध्यक्ष एवं समाजसेवी जित लामा, नेपाल राष्ट्रिय तामाङ घेदुङका संचार विभाग प्रमुख कर्मा लामा, गायक अभिषेक मोक्तान,गायक जगत घिसिङ,संचारकर्मी विकास देव लामा,पत्रकार मिलन लामा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । निर्देशकले गीतको शब्द अनुसारको भिडियो दिन खोजेको बताएका थिए । अभिनयको पाटो पनि शशक्त नै रहेको उपस्थित अतिथिहरुले बताएका थिए ।

“मुग्लान” बोलको म्युजिक यहाँ हेर्नुहोला

Loading...