निर्मला राई “परिवेश” को “घुम्दै र फिर्दै” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – किरात राईहरुको महान चाड साकेला उधौलीको अवसरमा साकेला गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार निर्मला राई “परिवेश” को शब्द रचनामा रहेको “घुम्दै र फिर्दै” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चर्चित गायिका पार्वती राई र गायक गंगाराज राईको स्वरमा यो गीतको संगीत पनि गायक गंगाराज राईले नै गरेका हुन् । गीतको एरेन्ज भने राजु कार्कीले गरेका छन् ।
किरात राई समुदायले उधौली र उभौली गरेर बर्षमा दुई पटक साकेला चाड धुमधामका साथ् मनाउने गर्दछन् । आफूले लगाएको बालिनानी सप्रियोस, रोगहरु नलागोस भनेर प्रकृतिको पूजा गर्दै यो साकेला चाड मनाउने गर्दछन् ।
“घुम्दै र फिर्दै” बोलको साकेला गीतको म्युजिक भिडियोमा चर्चित कलाकार उमेश राई “फुलन्देको आमा” मोडेल तथा खेलाडि शेशुका राई, मोडेल सिता राई, मोडेल तथा पत्रकार शान्तीराज राई, मोडेल तथा ब्युटिसियन नाजु राई, हितशंकर कुलुङ्ग राई, मोडेल निशा लिम्बु, शिखा राई, अप्सरा राई , प्रेम लिम्बु , ईन्द्र जित र नवराज मुख्य पात्रका रुपमा देखिएका छन् भने अन्य दर्जनौ कलाकारहरुले साथ् दिएका छन् ।
चर्चित नृत्य निर्देशक गोबिन्द राईको नृत्य निर्देशन रहेको यो म्युजिक भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने, उत्तर राणा मगरले सम्पादन गरेका हुन् । कृति र अप्सराले शृंगार गरेको म्युजिक भिडियोलाई अनिल कोई राईले निर्देशन गरेका हुन् ।
समग्रमा साकेला गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।
म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
म्युजिक भिडियो छायांकनको केहि रमाईलो दृश्यहरु