वृद्ध र बेरोजगारी भत्ता हैन उद्यमशीलताको बढाउ
काठमाडौ – वृद्ध भत्ता र बेरोजगारी भत्ताको सट्टा उद्यमशीलताको वृद्धितर्फ सरोकारवालाको जोड हुनुपर्ने ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाली काँग्रेस निकट उद्यमशील कांग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्सपाईरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताहरुले नेपालमा उद्यमशीलता प्रवर्द्धन आवश्यक्ता रहेको औल्याए ।
२ सय ५० भन्दा बढी उद्यमीहरुको सहभागितामा भएको कार्यक्रममा सहभागी उद्योगीहरुले उद्यमशीलताको शुरुवात चुनौतीपुर्ण हुने भएतापनि यहि नै राष्ट्रको आवश्यक्ता भएको बताए। नेपालमा उद्यमशीलताको अवसरहरु औल्याउदै वक्ताहरुले युवा पिडीलाई उद्यमशील बन्न आग्रह गरे।
नेपालमा उद्यमशिलताको सम्भावना पहिचान गर्दै युवाहरुलाई उद्यमशील बन्न अभ्रिप्रेरीत गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको बताउदै उद्यमशील काँग्रेसका संयोजक आश्विन सिटौलाले भने, ‘हामीले अहिलेसम्म काठमाडौंमा कार्यक्रम गर्दै आएका थियौ, अब छिट्टै नै यसलाई देशव्यापी बनाएर उद्यमशीलता अभियानको रुपमा अघि बढाउने तयारीमा छौ।’
नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री गगन थापा, फुडमाण्डुका सिईओ मनोहर अधिकारी, फ्याक्टस नेपालका सिईओ तथा संस्थापक मनिष झा लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण युवा उद्यमी विभुषण पाण्डेले गरेका थिए।