Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
ब्यानर न्युज
सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौ - सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धु पाल्चोक बाट काठमाडौं तर्फ फर्किदै गरेको बा २ ख १७२८ नंबरको यात्रु वाहक बस आज बिहान ९ बजे इन्द्रवाति गाउँपालिका १० भोटसिपा मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।
दुर्घटनामा हुँदा सवारी चालक सहित ११ जनाको मृत्यु भएको छ भने ३५ जना भन्दा बढि घाइते भएको छ । बसमा सवार अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु रहेका थिए । बस सडकबाट अन्दाजी ६० मिटर भन्दा तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका…
सुमन राई र रामशोभा राईको “माझिमा दाईले” मा फुलन्देको आमा र आरुषी मगर (भिडियो सहित)
काठमाडौ - पूर्वेली लोक भाकाको "माझिमा दाईले" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वेलायतमा बस्दै आएकी गीतकार जानु काम्बाङ्ग लिम्बुको शब्द रचनामा रहेको उक्त गीतलाई वेलायतमै बस्दै आएकी अर्की गायिका रामशोभा राई र चर्चित गायक तथा संगीतकार सुमन राईको स्वरमा सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा, हाट बजार, मेला पातमा युवा युवतीहरु भेटेर रमाईलो गर्दै नाच गान गर्ने परम्परालाई झल्काउन खोजिएको छ । जहाँ युवाले युवतीलाई मेलामा भेटेर सोल्टिनी भन्दै जिस्किने इत्रिने देखाईएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा निक्कै लामो…
किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
भक्तपुर - किरात राई यायोक्खाको संगठन विभाग अन्तर्गत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्य समिति संगठन विभागको आयोजनामा शनिबार भक्तपुरमा उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा किरात राई यायोक्खाको वर्तमान अध्यक्ष दिवस राईले , संस्थाको भावी कार्य योजना , विधान र किरात महा संघको बारेमा बोल्दै, राई जाती हो या पदवी ? धर्मको महलमा किन किरात लेख्ने ? जस्ता विविध विषयमा प्रष्ट पारेका थिए । थप जानकारीको लागि तल भिडियो हेर्नुहोला
किरात राई यायोक्खाको…
याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा कविता तङ्सिङ् -२०७६ सम्पन्न
काठमाडौँ - याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा २२ कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बो, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती,…
अग्नि पीडित बालकलाई यायोक्खाद्वारा आर्थिक सहयोग
काठमाडौ - खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राई आगोमा परी घाइते अवस्थामा काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको बालकको लागी किरात राई यायोक्खा मलेसिया शाखाले बालकको उपचारको लागी ५० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
असारमान राई र निर्मला राईका नबौं सन्तान प्रविण राईलाई उनकै ६ बर्षिय दाजुले हेरी रहेको बेला कोक्रो पल्टीएर आगोमा परी घाइते भएका थिए ।
घरको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालकको लागी किरात राई यायोक्खा, तरुण दल खोटाङ लगायतले आर्थिक सहयोग अभियान चलाएका थिए…
रवि लामिछाने सहित तिनै जना धरौटीमा रिहा, रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने
काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।
लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न जीला अदालत चितवनले आदेश दिएको हो ।
अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर…
बिरामीको लागि उठेको पैसा गायब, दिल्लीमा बिरामी छट्पटाउँदै
काठमाडौं, १५ साउन । आजकल कोही दीर्घरोगी या खर्चिलो बिरामी भएको खण्डमा ‘बचाउ अभियान’ बनाएर बिरामी बचाउन सक्रिय भएका समाचार यत्रतत्र आइरहेका छन् । यस्ता अभियानले धेरैको ज्यान जोगाउन पनि सफल भएको छ । कहिलेकाँही अभियानकर्ताले बिरामीकहाँ सहयोग न पुर्याएको घटना पनि छिटपुट रूपमा नसुनिएको भने होइन । यस्तै एउटा घटना इटहरीमा घटेको छ ।
घटना भोजपुरस्थीत हतुवागढी गाउँपालिका वडा नं. ६ का भोजराम राईको छोरी बिबिना राईको हो । ११ वर्षीय बिबिना राई मुटुको विरामी थिइन् । बिबिनाका दिदी तथा आफन्तले बिबिनालाई इटहरीमा झारे । सहयोगको हात…
सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयको, नवर्निर्मित भवनहरुको उद्घाटन सम्पन्न
विचारी चाम्लिङ्ग / काठमाडौ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बिनियोजित बजेटबाट सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय परिसरमा नवर्निर्मित व्यारेक भवनहरुको समुद्घाटन मिति २०७६ साल आषाढ २५ गते बुधबार संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भयो।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र…
‘मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच) नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको आयोजना गरियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान हरेक क्षेत्रमा खोज–अनुसन्धानमा लागेको उल्लेख गर्नुहुँदै हाम्रो दर्शन, इतिहास, सिर्जना र धर्मको सामथ्र्यले विश्वमा पारेको प्रभावबारे सघन छलफल गरिनु पर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको…
जेठ २९ गते नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६
काठमाडौं, २० जेठ - किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस्
उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल…