रक्तबिजको अन्त

विश्वप्रकाश घिमिरे अन्जानयात्रीका एक कविता

0 706

पुर्वमा उषाको किरण नछाउदै
पश्चिममा ताराकुन्जहरु नढल्दै
दक्षिणमा सुनामिहरु नाआउदै
उत्तरमा हिमालमा लाली नचढदै

किल्लामा हुनेछ परिपुर्ण हुलहरु
छ अहंकारले भरिपुर्ण भएकाहरु
बम बारुदको लस्कर गाडीहरु
हो आउने छ हतियारधारीहरु!!

सिपाहीहरु बाट घेरिने छन् सारा
अबोध र निर्दोष मारिने छन् बिचरा
लासका यहाँ यत्र तत्र छरिने छन्
रक्तस्रावका खोलाहरु बगिरहने छन् !!

ममता र स्नेह सखाप नै हुनेछ
मस्तिष्क बिहिन मानव हुनेछ
बिनासकारी शक्ति तनाव हुनेछ
मान्छे आक्रमणकारी दानव हुनेछ !!

कोलाहल मच्चाउनेहरु थाक्ने छ
आफ्नै पासोमा फसि कहाँ बच्ने छ
अपत्यारिलो सत्य साबित हुनेछ
कलियुग त हो तथ्य भयभीत हुनेछ

सबको रक्तबिज माटोमा मिल्ने छ
सुक्का खडेरीमा बिरुवा जल्ने छ
पानीको सारा मुहनहरु सुक्ने छ
एकदिन हो धर्ती सुन्यता झुल्ने छ

धरतिमा न सुन्दर धरोहरनै रहनेछन्
हो हेर आँसुका न सरोवरनै रहनेछन्
निर्जीव ती चट्टानहरु पग्लिने छन्
पाहाड र थुम्काहरु पनि ढल्ने छन्!!

हो त्यो कालो दिन पक्कै आउने छ
पृथ्वी त सेकेन्डमै धप्पक्कै बल्ने छ
हो रक्तबिजको नामोनिसानो मेटिने छ
ध्वस्तमा स्वतह झिनोमसिनो लखेटिनेछ !

~~~~~~~~~~~~~~विश्वप्रकाश घिमिरे अन्जानयात्री~~~~~~~~~~

Loading...