ईन्द्र जिजीबिषा / काठमाडौ- आदिवासी जनजाति चलचित्र महासंघले “दोस्रो आदिवासी जनजाती चलचित्र महोत्सव २०७५” को आयोजना गर्ने भएको छ । आदिवासी जनजाती चलचित्र महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो । आदिवासी जनजाति चलचित्र महासंघले आफ़ो स्थापनाकाल देखि नै आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गरेर चलचित्रको प्रवर्दन र सम्वर्दन गर्दै आएको छ ।
“आदिवासी जनजाति चलचित्र महोत्सव” महासंघले आयोजना गरेको दोस्रो महोत्सव हो । नेपाल पर्यटन वोर्डको हलमा असार १५,१६ र १७ गते तिनदिन आदिवासी जनजाति चलचित्र प्रदर्शन गर्ने महासंघले जनाएको छ ।
२०४४ सालयता छ सय भन्दा धेरै आदिवासी जनजाति सम्बद्ध चलचित्र बनेपनि यस्ता चलचित्रहरुले सोचे जस्तो प्रगति गर्न नसकेकोले यस्ता महोत्सवको आयोजना गरेर चलचित्रको प्रवर्दन र सम्वर्दन गर्दै आएको महासंघले बताएको छ ।
उक्त महोत्सवमा आदिवासी जनजाति सम्बद्ध १४ वटा चलचित्र प्रदर्शन गरिनुको साथै आदिवासी जनजातिका पहिरनहरु,आदिवासी जनजातिका परम्परागत खानाहरुका स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँका दरले प्रदान गरिने र दर्शकहरुको छनौट पब्लिक च्वाईस उत्कृष्ट एकलाई पच्चीस हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन हुने चलचित्रहरु
१ मैरिमो (गुरुङ ) निर्देशक – भोजबहादुर गुरुङ
२ लदि पुजा ( माझि) निर्देशक -विन्दु माझि
३ टिन्छेन फमा (शेर्पा) निर्देशक – आङ ङिमा शेर्पा
४ दुलारी (राजवंशी) निर्देशक – बिनोद पुडासैनी
५ ढ्वङ्कुम (राई) निर्देशक – सन्तकुमार राई
६ गो सुन नङा (सुनुवार) निर्देशक – शिब मुखिया सुनुवार
७ टुटल जिन्गी (थारु) निर्देशक – कृष्ण चौधरी
८ पा (गुरुङ) निर्देशक – जितमान गुरुङ
९ मन्दरा (थारु) निर्देशक – मदन चौधरी
१० रैयाँ (मगर) निर्देशक – मेजन पुन मगर
११ मायासे लासी ३ ( तमाङ्ग) निर्देशक गोपीलाल तामाङ्ग
१२ कमल पोखरी (नेवार) निर्देशक – संजोग लाफा मगर
१३ तापलय (नेवार) निर्देशक – बाल मुकुन्द प्रजापति
१४ तमसुक (मगर) निर्देशक हिमाल पुन
बाँकी भिडियोमा हेर्नुहोला