“जहाँ म” लिएर आए रायन कार्की (भिडियो सहित)
काठमाडौ – गायक रायन कार्कीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार समेत रहेका गायक रायन कार्कीको “जहाँ म” को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाई चर्चित सिनेमाटो ग्राफर ओम प्रसाईले छायांकन र सम्पादन गरेका हुन् भने सुरेश राईले सहयोग गरेका छन् । गायक आफै एक चर्चित म्युजिक भिडियो निर्देशक पनि हुन् । यस म्युजिक भिडियोलाई पनि उनैले निर्देशन गरेका छन् । जसमा कौशल नेपाल र अन्जु चौलागाईको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
निर्देशक कार्की भन्छन् यस भिडियोलाई निकै सुन्दर रुपमा प्रस्तुत गरेका छौं । यसको अडीयोले भने रेडियो कान्तिपुरमा चर्चा बटुलिरहेको छ । यस भिडियोलाई म्युजिक हाइलाइट प्रा . ली .ले बजार ब्यावस्थापन संगै उत्पादन गरेको हो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला