“हेला गर्यौ” बोलको म्युजिक भिडियो बाट मोडेल राज श्रेष्ठले डेब्यु
काठमाडौ – “हेला गर्यौ” बोलको म्युजिक भिडियो बाट मोडेल राज श्रेष्ठले डेब्यु गरेका छन् । भर्खरै बजारमा सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा मोडेल राज श्रेठलाई मोडेल सुशिला थापाले साथ् दिएकी छन् ।
संगै हिड्ने, संगै बस्ने, दुख सुखमा संगै रमाउने युगल प्रेमी प्रेमिका (राज र सुशिला) बिचको सम्बन्ध अचानाक टुट्छ । आफुले माया गरेर मायाको चिनो औठी दिएको पनि फिर्ता दिदा राज छाँगा बाट खसेझै हुन्छन् । त्यसपछि राज आफ्नो प्रेमिका (सुशिला) संगका विगत सम्झदै दिनरात भौतारिदै हिडि रहदा आफ्नो पुर्व प्रेमिकालाई अर्कैको अंगालोमा देख्छ । यस्तै वियोगान्त दृश्य म्युजिक भिडियोमा देखाईएको छ ।
सार्वजनिक गीतमा अहिलेका चर्चित गायक सिडी विजय अधिकारीको स्वर रहेको छ भने, परशुराम थपलियाको शब्द र संगीत रहेको छ । अनुरोध गीति एल्वममा समेटिएको उक्त गीतको म्युजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् भने,मुकेश हुमागाईले छायांकन गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई निर्देशन भने जनक शिंहले गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला