लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ पुस्तक विमोचित

खगेन्द्र संग्रौला र याक्थुङ नेम्बाङ समाजका अध्यक्ष सुरेन्द्र नेम्बाङद्वारा संयुक्तरूपमा विमोचन

0 1,405

ललितपुर, ९ असार – लिम्बुवानी नेता तथा साहित्यकार वीर नेम्बाङद्वारा लिखित ‘लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ पुस्तक शनिबार चुम्लुङहिम, शोभाहिटी ललितपुरमा विमोचन भएको छ । वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र याक्थुङ नेम्बाङ समाजका अध्यक्ष सुरेन्द्र नेम्बाङद्वारा संयुक्तरूपमा विमोचन भएको हो ।

पुस्तकमाथि समिक्षा गर्दै उज्ज्वल प्रसाईले पुस्तक युवाहरूले विशेष अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । प्राज्ञिकभन्दा अनुभुतिजन्य भएकोले युवापुस्ताले अघिल्लो गतिविधि बुझ्न यो पुस्तक पढ्नुपर्ने बताएका हुन् । अहिलेको राजनीतिक पार्टी पुरै असमावेशी छ । त्यसमा पनि समावेशीताको कुरा उठाउँदा महिलाले कुरा उठाउदा महिलाले मात्रै साथ दिने, आदिवासीले कुरा उठाउदा आदिवासी मात्रै उभिने हाम्रो परिपाटी दुखदायी रहेको बताउँदै प्रसाइले लिम्बुवानको कुरा उठाउदा मधेसी, थारू सबै उठ्नुपर्छ, तबमात्र समावेशीताको कुरा दह्रो हुने बताएका थिए ।

अर्का वक्ता अमर तुम्याहाङले जिबि याक्थुङ्बाको जीवनी या अन्य कसैको जीवनी लेख्दा वीर नेम्बाङलाई सम्झिएको बताउँदै यो पुस्तकले त्यस्ता धेरै कुराको हल गर्ने कुरालाई जोड दिएका थिए । नोम चोम्स्की अमेरिकामा बसेर भाषाको लागि जुन काम गरिरहेका छन्, नेपालमा पनि कमैमात्राले त्यस्ता आदर्श काम गर्न सकेका छन्, त्यसमा खगेन्द्र संग्रौला, वीर नेम्बाङलगायत पर्ने बताएका थिए ।

पुस्तकमा भएका लेखहरू फरक फरक भएता पनि एकअर्कासँग अन्तरसम्बन्धित भएको तुम्याहाङले बताए । त्यसैगरी यस पुस्तकले इमानसिङ चेम्जोङ, तेजबहादुर प्रसाईको अधुरो कामलाई पनि पूरा गर्ने चेस्टा गरेका छन् । गिरिजाप्रसाद कोइरालासँग क्षेत्रीय सरकार बनाउनेसम्मको सल्लाह भएको खुलासा यस पुस्तकमा पढ्न पाइने भएकोले पनि पुस्तक गहकिलो छ भन्ने जोड दिएका थिए ।

पत्रकार कुमार यात्रु वीर नेम्बाङ आफै परिचित र सार्वजनिक व्यक्ती भएको, ४० वर्षदेखि राजनितिमा सकृय तथा साहित्यिक व्यक्तित्व रहेको बताएका थिए । नेम्बाङको यो १७ औ कृति भएको नेम्बाङद्वारा लिखित एउटा पुस्तक सिक्किमको युनिभर्सिटीमा अध्यापन हुने बताएका थिए ।

यस पुस्तकका प्रकाशक संस्था निम्बल पब्लिकेशनका अध्यक्ष टंक सेत्लिङले प्रकाशकले कस्तो पुस्तक छाप्ने, या पाठकलाई दिने भन्ने कुरा जानकार राख्ने भएको बताउँदै यो पुस्तकले पक्कै पाठकलाई न्याय दिने कुरामा ढुक्क रहेको बताएका थिए ।

लेखक वीर नेम्बाङले १९२ वर्षसम्म लिम्बुहरूले विभिन्न अवसर बनाउदै राज्य गरेकोले लिम्बूहरुमा राजकाजको रस अझै रहेको बताएका थिए । आफूलाई लिम्बुवानको मायामा सबैथोक बिर्सिएको मान्छे भएको बताउँदै जीवनभर यसैमा व्यतित रहने बताए ।

प्रमुख अतिथि खगेन्द्र संग्रौलाले वीर नेम्बाङको यो सानो पुस्तक भए पनि ठूलो इतिहास पाइने पुस्तक भनेका थिए । संग्रौलाले माओवादीले जातीय संघीयताको आवाज ल्यायो, तर त्यो अल्मलाउने खालको भएको बताए । ‘किनभने अहिलेको सरकार पनि जातीय त अहिले छ । खासमा चाहिने त बहुजातिय हो ।’ उनले प्रष्ट्याएका थिए ।

कार्यक्रममा डम्बर चेम्जोङ, येहाङ लावती, योगराज वनेम, खगेन्द्र माखिम, मुक्सामहाङ मेन्याङ्बोले पनि वीर नेम्बाङको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

Loading...