“हत्केलामा” सुनिता थेगिमको सुन्दर नृत्य (भिडियो सहित)
ईन्द्र जिजीबिषा / काठमाडौ – पछिल्लो समयमा चर्चाको शिखरमा रहेकी गायिका सुनिता थेगिमको “हत्केलामा” बोलको गीत बजारमा आएको छ । नेपाली गीत-संगीतको क्षेत्रमा अलिकति पृथक टोन भएकी गायिका सुनिता थेगिम आफैमा एक प्रतिभा हुन् । व्याचलर चौथो बर्षमा अध्ययनरत सुनिता गायिका मात्रै हैनन्, म्युजिक भिडियोमा मोडलिङ्ग पनि गर्छिन् । हरेक गीतको शब्द-शब्द उनेर आफ्नो सुरिलो स्वरमा माधुर्यता ल्याउने गर्छिन् । यो उनको आफ्नो खुबिलिटि (खुबी) हो ।
हालै बजारमा आएको “हत्केलामा” बोलको गीतको शब्द रचना र संगीत महेश ज्ञवालीले गरेका हुन् । सुनिता थेगिमको आफ्नै युट्युब च्यानलबाट बजारमा आएको उक्त गीतको एरेन्ज भने संजिव बराईलीले गरेका छन् ।
बालापनको माया प्रेमको भावलाई झल्काईएको यो गीतको म्युजिक भिडियोमा सुनिता थेगिम आफैले मोडलिङ्ग गरेकी छन् ।माया प्रेमको विम्बलाई क्यानभासमा राखेर सधै खट्कि रहने त्यो सम्झना नै यो गीतको म्युजिक भिडियोमा देखाईएको छ । किरण श्रेष्ठले कोरियो ग्राफ गरेको यो गीतको म्युजिक भिडियोलाई रोजा लिम्बुको अवधारणामा निर्माण भएको हो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला