“सुस्तरी-सुस्तरी” मा मिनाक्षी र कौशल (भिडियो सहित)

0 737

काठमाडौ – पछिल्लो समयमा गीत-संगीतको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल गायिका मिनाक्क्षी महतरा ”सुस्तरी सुस्तरी’‘ बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छन् ।

आधा दशक अगाडिदेखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा अब्बल रहेकी छन् । गीत-संगीत क्षेत्रमै निरन्तर लागि रहने बताउने महताराले अहिले सम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर दिसकेकी छन् ।

गायिका महताराको अहिले सार्वजनिक म्युजिक भिडियो भने रोमान्टिक र मेलोडी वेशको रहेको छ ।नेपालको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो सबै दर्शक श्रोताहरुको मनमा सजिलै बस्न सक्ने बनेको छ ।

अहिलेका ब्यस्त निर्देशक रायन कार्कीको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका स्वयम् मिनाक्क्षी महतारा र कौशलले अभिनय गरेका छन् ।

सरोज पोखरेलको उत्कृस्ट शब्द र संगीत रहेको गीतलाई एरेन्ज भने आमोस तामाङले गरेका छन् ।सिन्धुली जिल्लाको रमणिय स्थलहरुमा खिचिएको उक्त म्युजिक भिडियोलाई छायांकन र सम्पादन भने ओम प्रसाईले गरेका हुन् ।

म्युजिक भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो अब्बल कला प्रस्तुत सगै कौशल र मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइटले आफ्नो युटटुप् मार्फत बजारमा ल्याएको छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...