प्रवासमा आत्महत्या गर्नेको संख्या बढ्दो
जुनु गुरुङ
हामी नेपालीहरु बेरोजगारीको भारी बिसाउन र आफ्नो दैनिक जीवनको न्युनतम आवस्यकतालाई पूरा गर्न विदेशिने गरेका छौं । हुन त दैनिक १७००को संख्यामा नेपाली युवाहरु विदेशिनु मुलुकका दुर्भाग्यपुर्ण हो।
सामान्य दैनिकी टार्ने सपना बोकेर न्युनतम ज्यालामा पनि श्रम बेच्न जानेहरु र उच्च शिक्षाका सर्टिफिकेट हातमा बोक्दै पि.आरको सपना देखेर युरोप , अमेरिकातिर भौतारिनेहरु र इजरायल, कोरिया, जापानको राम्रो आय आर्जनको सपना बोकेर बिदेश पुग्नेहरु सबै नेपाल आमाका प्यारा सन्तानहरु हुन् । यी तीन किसिमका युवायुवतीहरुले ज्यान हत्केलामा राखेर आर्जन गरेको आयको रेमिट्यान्सबाट नै हाम्रो देशको अर्थतन्त्र चलिरहेको छ र राज्य पनि यसैमा मख्ख छ ।
नेपाल सरकार र कोरिया सरकारबीच २००७ मा इपिएस सम्बन्धी श्रम सम्झौता सम्पन्न भए पछि नेपालि युवाका लागि धन कमाएर भविष्य उज्जवल पार्ने अर्को मौका मिल्यो । इपिएस शुरु भएपछि बर्सेनि कोरिया जान हजारौको लाइन मात्र लागेन अबैधानिक रुपमा कोरिया जाने र वैवाहिक भिषामा कोरिया जानेहरुको क्रम क्रमशः कमि आयो । देश भित्र कोरियन भाषाको ज्ञान दिने संस्थाहरु, पर्यटनको क्षेत्रमा पनि कोरियन पर्यटकको ओइरो लाग्न थाल्यो र नेपाललाई हिमालयको देश भनेर कोरियनहरुलाइ बुझाउन सजिलो भयो ।साथै हाम्रो दैनिक जीवनमा पनि धार्मिक र सास्कृतिक क्षेत्रमा नौलोपनाको विकास पनि भयो । यो सबै त्यतिकै भएको हैन, नेपाली कामदारहरुको लगनशिलता र मिहेनतको परिणाम स्वरुप सारा क्षेत्रमा यसको सकरात्मक प्रभाव बढेको हो ।
कोरियामा हाम्रो रगत र पसिना मात्र पोखिएन हाम्रो सामाजिक सांस्कृतिक जीवन शैलीमा आमूल परिवर्तन आयो भन्दा फरक नपर्ला । बैदेशिक रोजगारिका लागि इपिएस सिस्टमले पुर्बको इलाम देखि पश्चिमको महाकाली र कर्णाली क्षेत्र सम्मका गाउघर सबैतिर एकै साथ प्रभाब पर्न गयो । एउटा दुर्गम गाउँको झुप्रोमा बस्ने र काठमाडौको महलमा बस्ने नेपाली एकै साथ आफ्नो भाषिक ज्ञान र शारिरिक स्वास्थ्यको क्षमताको आधारमा कोरिया उड्न पाएका छन् । कोरियाको रोजगारिले जाती , भाषा , वर्ग र क्षेत्र सबैलाइ समेटेको छ । ९० को दशकमा र त्यसपछिका केही बर्ष कोरियामा हामीले अधिकांश मध्यम वर्ग वा पुजिपती वर्गका नेपालीहरु भेट्ने गर्थौँ । तर इपिएस शुरु भए देखि आजकल सबै किसिमका नेपालीहरु भेट्न पाउँदा गर्वको महशुस हुन्छ ।
२०१८/१पुस महिन देखी १०१८/७ श्रावण महिना सम्मको मृत्यु संख्या:
एकातिर नेपाली युवाहरुको आर्थिक स्तर माथि उठाउन बैदेशिक रोजगारिले मार्ग प्रशस्त गरेको छ भने अर्कोतिर दिनहु जसो बिदेश उडेर आकाशमा जान्छ ,फर्किद देशमा लासका बाकसमा फर्कीन्छन ,यसरी लासका बाकास भित्रिने क्रम पनि बढेको छ ।
मृत्यु हुनेहरुको विवरण
१ प्रकाश थापा आत्महत्या
२ कृष्ण के.सी दुर्घटना
३ सुकमान लुम्ब बिरामी
४ दिलबहादुर ह्रदय घात
५ लिलाधर अर्याल ह्रदय घात
६ एकेन्द्र लामा ह्रदय घात
७ सन्जय थापा आत्महत्या
८ होमबहादुर गुरुङ। ह्रदयघात लमजुङ
१० नरेशकुमार राई आत्महत्या
११ थमबहदुर थापा कम्पनि दुर्घटना म्याग्दी
१२ बलबहादुर गुरुंग। लमजुङ कास्की। आत्महत्या
१३ चित्रबहादुर थापा। कास्की मुटु सम्बन्धी
१४ अम्बिका राई बस दुर्घटना
१५ सन्तोष बिष्ट मोटरसाइकल दुर्घटना
१६ दुर्गा बहादुर जिसी। पर्बत समुन्द्रमा डुबेर
१७ दाकाराम भुजेल छल्लानाम्दको भाई आत्महत्या चितवन
२०१८ मा हामीले कोरियामा जीवन गुमाउने दाजु भाइको श्रद्धान्जली गर्दा प्रत्येक घटना अन्तिम बनोस भनेर कामना गरिरहयौ । तर हरेक बर्ष नाटकिय रुपमा मृत्युका खबरले तिब्रता पाएका छन् । कम्पनीको काम गर्दा गर्दै दुर्घटनामा परि ज्यान गुमाउने वा सुतेकै ठाउमा मृत्यु भएका घटनाहरु हामिले सामान्यत जहाँ पनि सुन्ने गरेकै कुरा हो । तर २०१८मा कोरियामा हामिले धेरै भन्दा धेरै अकल्पनिय दुर्घटना ,मृत्यु र आत्हत्याका घटना पनि प्रत्येक हप्ता वा महिनामा सुन्न थालिएको छ । यस बाहेक कम्पनिमै रोगका कारण अस्वस्थ हुने वा हस्पिटल बस्नेहरुको संख्या झन कति छ भनेर यकिन गर्न मुस्किल छ ।
अहिले हाम्रो कोरियाको नेपाली समाज अत्यन्तै स्तब्ध छ । एक पछि अर्को नराम्रो खबरहरुको चाङ लाग्न थालेको छ । कुनै पनि उन्नती र प्रगतिका समाचारहरु सुन्न पाइएको छैन । अब हामी सबै मिलेर यस्को सामना गर्नुपर्ने आबस्यकता छ । यो कुनै एक मात्र संस्था वा व्याक्तिको बिषय हैन । यस्ता आत्महत्याको घटनाहरु यसरी नै लगातार दोहोरिने हो भने हामिले भोलि नेपाली भनेर गर्व गरेर हिड्न सक्तैनौ । हामी संसार आत्महत्या गर्न खप्पिस कायरहरुको उपनामले परिचित हुन बेर छैन । सौलको नेपाली दुतावास, नेपाल सरकारको श्रम मन्त्रालय र कोरियाको नेपाली सामाजिक संस्थाहरुको सामुहिक पहलमा नै यो समस्याको सहि समाधान निस्किन सक्नेछ ।
मानिसको जीवनलाई दुई दिनको जीवन भन्ने गरिएको छ । जिवन र समय धेरै महत्वपुर्ण कुरा हुन् । जिवनको महत्वलाई बुझेर हामीले क्षणिक आवेग र मानसिक समस्यामा परेर त्यसै खेर नफालौ । सकरात्मक सोचका साथ जिवनलाई हेरौ, केहि पारिवारिक, व्याक्तिगत, स्वास्थ्य समस्या आयो भन्दैमा हरेश खानु राम्रो होइन् । विदेश या परदेशमा आउनु हाम्रो भावि जिवन उज्ज्वल पार्नको लागि हो न कि महत्वपुर्ण जिवनलाई क्षणिक आवेगमा आएर त्याग गर्नु होइन् । हामी स्वदेश वा प्रवास जहाँ रहे पनि आत्महत्या जस्तो कायरतापुर्ण मृत्यु हुनबाट बच्न सक्ने ,धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् ।
लेखिका एन आर एन ए एसिया महिला प्यसफिक उप उपसङ्योजक जुनु गुरुङ