बक्स अफिस नभई ई-टिकेटिङ्ग मात्रै भएको चलचित्र निर्माता संघ नेपालको दाबि
बक्स अफिस लागू गर्नका निम्ति पहिलो कदम मात्रै
काठमाडौ – चलचित्र विकास वोर्डको हलमा एक कार्यक्रमबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाद्वारा औपचारिक उद्घाटन गरिएको बक्स अफिस नभई ई-टिकेटिङ्ग मात्रै भएको तर बक्स अफिस लागू गर्नका निम्ति पहिलो कदम भएको चलचित्र निर्माता संघ नेपालले बताएको छ ।
साउन १ गते चलचित्र विकास वोर्डको हलमा सम्पन्न भएको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (CCMS ) शुभारम्भ कार्यक्रममा मन्त्री बाँस्कोटाले ई- टिकेटिङ्ग र बक्स अफिस लागू भएको घोषणा गरेका थिए ।
मन्त्री बाँस्कोटाले उपत्याको हलहरुमा तत्काल लागू हुने र उपत्याका भन्दा बाहिरका हलहरुमा पनि २,३ महिना भित्रमा ई-टिकेटिङ्ग र बक्स अफिस लागू गर्ने बताएका थिए । साथै हलहरुलाई वर्गिकरण गर्ने पनि मन्त्री बाँस्कोटाले बताएका थिए ।
सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम शुभारम्भ कार्यक्रममा बक्स अफिसको शुभारम्भ नभई ई-टिकेटिङ्ग मात्रै भएको ठहर गर्दै चलचित्र निर्माता संघ नेपालले जारि गरेको प्रेस विज्ञप्ति यस्तो रहेको छ ।
चलचित्र निर्माता संघ नेपालको प्रेस विज्ञप्ति
आज मिति २०७५/०४/ १ गते नेपाल सरकारका सञ्चार मन्त्रिले बकस अफिस लागू भएको घोषणा गर्नु भएको छ । यो घोषणा ई-टिकेटङ मात्र हो, तथापी यो बक्स अफिस लागू गर्नका लागि पहिलो कदम हुनसक्ने भएकाले हामी स्वागत गर्दछौं । सर्वविदित नै छ कि राष्ट्रिय चलचित्र नीति र बक्स अफिसको मागसहित चलचित्र निर्माता संघ नेपालका वर्तमान महासचिव विमल पौडेलको आमरण अनशन र
चलचित्रकर्मीहरुको आन्दोलनको कारण नेपाल सरकारले राष्ट्रिय चलचित्र नीति २०७१ निर्माण गर्न बाध्य भएको थियो । यस तथ्यलाई माननीय मन्त्री लगायत सरोकारवाला निकायलाई मनन गर्न र “काम गर्ने हनुमान जस पाउने ढेडू” भन्ने उखान चरितार्थ नगर्न भन्दछौं । हाम्रो प्रयाशको कारण बनेको नीतिको आधारमा ई- टिकटिङको शुरूवात हुनु एक विजय नै हो, यसका लागि सरकार र हामी सरोकारवाला सबै बधाईका पात्र भएका छौं । तर आजको घोषणाले हाम्रा अन्य सरोकारहरु सम्बोधन भईनसकेकाले हामीले अघिदेखि कै मागहरु यथावत् रहेको स्मरण गराउन चाहन्छौं । हाम्रो माग निम्न बमोजिम छन्:
१) बक्स अफिसको निर्माण अत्याधुनिक तथा पूर्ण वैज्ञानिक पद्धतिमा निर्माण भएको हुनु पर्नेछ ।
२) बक्स अफिसको सेन्ट्रल कन्ट्रोल रुम (पि.आई.डि.सी) राष्ट्रिय सूचना प्रविधि केन्द्र (सिंहदरबार) मा रहनु पर्दछ ।
३) प्रत्यक्ष सिनेमा हलमा टिकट दर्शकले लिनासाथ टिकटको सिरियल नं. र कुन मूल्य र कुन श्रेणीको हो सम्वन्धित निर्माताले तत्कालै अवलोकन गर्नसक्ने हुनु पर्दछ ।
४) हलबाट काटिने टिकट यदि सर्भरको लाईन छुटाएर बदमासी गर्न खोजेमा त्यो कमजोरी पुनः लाईन जोडियो भने त्यसरी बेचिएका टिकट पुनः तथ्याङ्कमा आउनु पर्ने (डाटा) व्यवस्था भएको प्रविधी हुनु पर्नेछ ।
५) चलचित्रमा भएको व्यवसाय मात्र सोहि चलचित्रको निर्माता, वितरक र राज्यको प्रतिनिधीले मात्र हेर्न पाउने अधिकार उल्लेख भएको हुनु पर्नेछ । उक्त पद्धति चलचित्र विकास बोर्डद्धारा युजर र पासवर्ड लिइदिए पछि निर्माता र वितरकले आफ्नो मोबाइलको एप्सद्धारा आफ्नो डेस्कटपबाट र ल्यापटपबाट जहाँ बसेर पनि (देश विदेश) हेर्न पाउनु पर्ने व्यवस्था भएको हुनु पर्नेछ ।
६) बक्स अफिस कुनै पनि व्यवसायिक संघ संस्थाको अधिन, पकड र प्रभावबाट मुक्त भएको हुनु पर्नेछ ।
७) हाम्रो संघले राज्यसँग एउटा महत्वपूर्ण माग राख्दै आइरहेका छ। जसरी राज्यले बक्स अफिसको निर्माण गरी निर्मातालाई पारदर्शी व्यवसाय गर्ने व्यवस्था मिलाउदै छ त्यसैगरी निरन्तर सर्भर व्यवसायीहरुले निर्मातालाई प्रत्येक सोको ४००।– (अक्षेरुपी चार सय रुपैया) प्रति सो लिने गरेको छ त्यस शोषण प्रथालाई रोकी सर्भरको निर्माण गरेर निर्मातालाई आर्थिक राहत दिनुपर्छ भन्ने हाम्रो संघको बेजोड माग हुनेछ । यसलाई लागु गरि नेपाली चलचित्रको उत्थान र प्रवद्र्धन गर्नु पर्छ भन्ने हामी सोच्दछौ । तथ्याङ्क अनुरुप एक सो को निर्माताले सरोवर व्यवसायीले ४०० रुपैया तिर्नुपर्ने बाध्यता छ ।
एक सो बराबर
४००× एक हलमा
३ सो=१२००
१२००×२१ (दिन) = २५,२००।–
२५,२००×६० (सिनेमा घर) = १,५१२,०००।–
यसरी निर्मातालाई शोषण गरिएको छ । यस सर्भरलाई निर्माण गरी राज्यले निर्माताको संरक्षण गर्नुपर्छ , साथै प्रर्दशनमा आउने चलचित्रको कोडिङ्ग सिस्टमको विकाश गरी निःशुल्क प्रर्दशनमा ल्याउने डाटा सिस्टमको निर्माण गरी लागु हुनु पर्छ ।
८)- सातवटै (७)प्रदेश मा बोर्डको शाखा स्थापना गरी, चलचित्र प्रर्दशन, निर्माण ,वितरणमा ,सहजका,साथ सिनेमा टुरिजमको विकास गरियोस् ।
९)-नेपाली दुतावास भएका देशमा साँस्कृतिक सहचारी नियूक्त गरियोस्।
~चलचित्र निर्माता संघ नेपालको तर्फबाट
~ नवल खड्क
चलचित्र निर्माता संघ नेपालको अध्यक्ष नवल खड्काले सम्प्रेषण गरेको विज्ञप्तिको आधारमा लेखिएको समाचार हो ।