अन्तराष्ट्रिय स्तरको शो ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुल्ला
काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को आवेदन खुलेको छ । यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने बताईएको छ।
शुक्रबार ललितपुरको कुमारीपाटी स्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराईएको हो ।
‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने “मिस फेस अफ नेपाल”का आयोजक तथा कोरियोग्राफर सपना राईले बताईन् ।
टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद रु पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक राईले बताईन्। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।
सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई भन्दा माथि तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।
चैत्र १५ गते पहिलो अडिसन र २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ । आवेदनका लागि अधिरा फिल्मस प्रा.लि.को अफिस कुमारीपाटीमा सम्पर्क गर्न सकिनेछ । सम्पर्क – 980107716,9813712320 र ९८०५३४५६७५
भिडियो न्युज