“काठमाडौमा धरर, मेलम्चीको पानि” (भिडियो सहित)
लोकप्रिय गायिका पार्वती राईको नयाँ आधुनिक गीत " काठमाडौमा धरर, मेलम्चीको पानि"

काठमाडौ – लोकप्रिय गायिका पार्वती राईको नयाँ आधुनिक गीत “ काठमाडौमा धरर, मेलम्चीको पानि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसरमा गायिका पार्वती राईले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा काठमाडौको यथार्तलाई चित्रण गरिएको छ ।
काठमाडौमा पिउने पानीको हाहाकार चलिरहेको र त्यो समस्यालाई समाधान गर्न काठमाडौ देखि १७० माईल टाढा रहेको सिन्धु पाल्चोकको मेलम्ची बाट पिउने पानि ल्याउने योजना र विगत लामो समयदेखि काम भईरहेपनी अझै काठमाडौमा पिउने पानि नआईसकेको बेला यो गीतको शब्दले भने काठमाडौमा मेलम्चीको पानि आईसकेको देखाएको छ ।
“खोटाङ्ग हलेसी” बोलको निक्कै नै चर्चित गीत लगायत सयौ गीतहरुमा आफ्नो कोकिल कण्ठ आवाज भरि सकेकी गायिका पार्वती राईको “काठमाडौमा धरर, मेलम्चीको पानि” मा शब्द, संगीत र स्वर निक्कै नै उत्कृष्ट रहेको छ । यो गीतमा शब्द / संगीत भने पहिलो नेपाल आईडल विजेता बिक्रम राईको रहेको छ ।
पछिल्लो समयकी व्यास्त नायिका रेखा फागो र मणि चाम्लिङ्ग राईको अभिनय रहेको म्युजिक भिडियोलाई मेघराज मग्रातिले छायांकन गरेका हुन् । सुजन शाहीले सम्पादन गरेको म्युजिक भिडियोलाई उमेश गुरुङ्गले निर्देशन गरेका छन् ।
वरिष्ठ गायक सुर्य थुलुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यक्रममा दुई दर्जन भन्दा बढि स्रष्टा कलाकारहरुको उपस्थिति रहेको थियो । गायिका पार्वती राईले आफ्नो जन्मदिनको खुशियाली मनाउदै उपस्थित सबैलाई केक खुवाएकी थिईन् ।
अलग आर्ट हवको आयोजनामा आयोजित कार्यक्रम गायक रेवत राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
“काठमाडौमा धरर मेलम्चीको पानि” बोलको म्युजिक भिडियो यहाँ हेर्नुहोला