मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने र निषेधाज्ञा फिर्ता नहुने प्रधानमन्त्रीको भनाई

0 646

काठमाडौं २३ असार – डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । दुनियाँको कुनै पनि देशमा जहाँ मन लाग्यो त्यही प्रदर्शन गर्न नपाइने भन्दै ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन भनेका छन्,।’

सरकार निरंकुश भएको विपक्षीहरुको दाबी खण्डन गर्दै उनले आफूहरु पनि लडेर आएको भन्दै अधिनायकवादको कल्पना समेत गर्न नसकिने बताएका छन् । आफ्नो नेतृत्वको सरकार जनताबाट चुनिएर आएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नु जनमत विपरित हुने दाबी गरेका छन् ।

Loading...