हेभन्ली पाथ गोकर्णेश्वर समितिको अध्यक्षमा दिनेशचन्द्र खनाल

0 883

मदनकृष्ण सिलवाल
काठमाडौँ, २३ असार – हेभन्ली पाथ नेपाल उपत्यका शाखा इकाई गोकर्णेश्वर नगर समितिको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाको दक्षिणढोका सेमिच्युङ हलमा सम्पन्न भएको छ ।

हेभेन्ली पाथ नेपाल उपत्यका शाखा अध्यक्ष रोहित देवानद्वारा युनिभर्सल प्रासना गरी उद्घाटन गरिएको सो कार्य हेभन्ली पाथ नेपाल उपत्यका शाखा ईकाई अध्यक्ष सुनापती गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा हेभन्ली पाथ नेपाल केन्द्रीय महासचिव प्रेम रिभुसाल, समितिका सल्लाहकार लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य धना मगरले राखेकी थिईन् भने आ.व. २०७४-७५ का प्रगति प्रतिवेदन समितिका सचिव दिनेशचन्द्र खनालले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष शोभा लिम्बूले साधारणसभामाझ प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।

तेस्रो साधारणसभाले दिनेशचन्द्र खनालको नेतृत्वको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षहरूमा विष्णुबहादुर राई, बालकुमारी राई, देवीलाल राई, सचिवमा मिना राई, कोषाध्यक्षमा शोभा लिम्बू, सदस्यहरूमा डेनिशंकर राई, धना मगर, निर्माया तामाङ, शोभा आलेराइलगायत रहेका छन् । त्यस्तै, सल्लाहकार समितिमा दुर्गादेवी राई, शान्ति रानामगर, सुनपाती गुरुङ, जीतबहादुर राई चयन भएका छन् ।

परमप्रधान ईश्वरको आशीर्वादले सुप्रियमा सटर गड एञ्जन गुरु हजुरको ज्ञानको ज्योती फैलाई यस संसारमा रहेको अज्ञानता, पाप र अन्धकारको दलदललाई हटाई सुन्दर संसारको बगैँचा निर्माण गर्न र सम्पूर्ण ब्रम्हाण्डमा रहेका जीवित प्राणीहरूमा प्रेममय जीवनयापन गर्ने पथ हेभेन्लीपाथ यानी निर्भाणपाथको यात्रामा सहयात्री बन्न र बनाउन सकिन्छ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै यस संस्था अगाडि बढिडरहेको समितिका नव निर्वाचित अध्यक्ष दिनेशचन्द्र खनालले बताए ।

उनकोअनुसार स्वदेशी तथा विदेशका धेरै स्थानहरूमा शाखा तथा उपशाखाहरू रहेको यस हेभन्ली पाथ नेपालको उपत्यका शाखा इकाई गोकर्णेश्वर नगर समितिले आगामी दिनमा आफ्नै सेमिच्युङ भवन निर्माण गर्ने, निर्भाणिक जलपाल कार्यक्रम गर्ने,गोकर्णेश्वर इकाईमा गुरु हजुरको अगुवाईमा जीपी प्रोगाम आयोजना गर्ने, आमस उपचारको उत्कृष्ट व्यवस्था मिलाउने जस्ता कार्यक्रमहरू भावी दिनमा रहेको नवनिर्वाचित अध्यक्ष खनालले जानकारी दिएका छन् ।

Loading...