ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित गीतकार जानु काम्वाङ्गको शब्द रचनामा “तिम्रो सिउदो” बोलको प्रेमिल म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र “मट्टिमाला” को सर्वाधिक चर्चित आईटम गीत “बेची दिन्थे यो जवानी” गीतका गीतकार जानु काम्वाङ्गको यो पछिल्लो पटक सार्वजनिक भएको गीत हो ।
हरेक प्रकारका गीतको शब्द रचना गर्ने क्षमता भएकी गीतकार जानु काम्वाङ्गको आजसम्म तिन सय भन्दा धेरै गीतहरु सार्वजानिक भईसकेका छन् भने उनको केहि साहित्यिक पुस्तकहरु पनि प्रकाशित भईसकेका छन् । डायस्पोरामा रहेर सक्रियताको साथ साहित्यिक क्षेत्रमा कलम चलाउने मध्ये जानु काम्वाङ्ग अग्र स्थानमा रहेकी छन् ।
सार्वजनिक गीतमा अहिलेका सर्वाधिक चर्चित मेघा स्टार गायक राजेश पायल राई र पुष्पा योञ्जनको स्वर रहेको छ । गायक राजेश पायल राई सबै भन्दा धेरै गीत गाउने र सबै भन्दा व्यास्त गायक भनेर पनि चिनिने गरिन्छ । राजेश पायल राईले आजसम्म ७ हजार भन्दा धेरै गीतहरुमा आफ्नो स्वर भरि सकेका छन् । सार्वजनिक यो गीतको संगीत भने सुजन तिगेला लिम्बुले गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा निक्कै नै सुन्दरी मोडेल अनु शाह र जीवन भट्टराईले अभिनय गरेका छन् । गीतको प्रेमिल शब्द भावहरु संगै सुन्दर हरियालीमा झुम्दै निक्कै नै उत्कृष्ट अभिनय गरेका छन् अनु र जीवनले ।
यो गीतको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् भने बुद्ध थापाले छायांकन र युगल पोमोले निर्देशन गरेका हुन् । मेक अप भने लोकेश थापाले गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला