डिल्ली चन्दको छैटौ गीत सुनिल राईको संगीतमा रेकर्ड

माया प्रेमको भावमा निक्कै नै मार्मिक

0 820

काठमाडौ – गीतकार डिल्ली चन्दको शब्द रचनामा “तिमी बाहेक जिन्दगीमा” रेकर्ड हुने भएको छ । यो उनको शब्द रचनामा छैटौ गीत हो । अमेरिकन एम्बासी अफगानिस्तानमा कार्यरत चन्द कोहलपुर नगरपालिका वडा नं ५ मा जन्मिएका हुन् ।

चन्दको पहिलो गीत “मत चोखो माया गर्छु” स्वरुप राज आचार्यको स्वरमा रेकर्ड भएको थियो । पछि सोहि गीतलाई फिमेल भर्सनमा लक्ष्मी तामाङ्गले पनि रेकर्ड गराएकी छन् । विरही कार्कीको संगीत रहेको, निक्कै नै मार्मिक शब्द र माया प्रेमको भाव झल्किने उक्त गीतलाई धेरै स्रोताहरुले रुचाएका थिए ।

चन्दको दोस्रो गीत “बाध्यताले टाढा हुदा नरोए है” मदन नेपालीको स्वरमा रेकर्ड भएको थियो । रहरले हैन, बाध्यताले टाढा हुँदाको पिडालाई झल्को दिने उक्त गीतलाई निरप्रसाद गुरुङ्गले संगीत गरेका थिए ।

चन्दको तेस्रो गीत “भुल भए माफ गर ” बहु चर्चित गायिका अन्जु पन्तको स्वरमा रेकर्ड भएको थियो । अर्जुन पोखरेलको संगीतमा रहेको उक्त गीत पनि निक्कै नै मार्मिक रहेको छ ।

चौथो “म तिम्रो मनको मझेरिमा” बोलको गीत भने राजन सिग्देलको स्वरमा रहेको छ । निरप्रसाद गुरुङ्गकै संगीतमा रहेको यो गीतको भने म्युजिक भिडियोको तयारीमा रहेको छ ।

अलिक रोमान्टिक भावमा रहेको “एक दुइ तिन चार भन्छु बारम्बार” बोलको गीत भने नेपाल आईडलमा धेरैको मन जितेका सुरज थापाको स्वरमा रहेको छ ।
डिल्ली चन्दकै शब्द रचनामा रहेको यो गीतको संगीत पनि सुरज थापाले नै गरेका हुन् । यो गीतको पनि म्युजिक भिडियो बनाउने तयारीमा रहेको छ ।

गीतकार चन्दको छैटौ गीत “तिमी बाहेक जिन्दगीमा” बोलको गीत भने अहिलेका चर्चाको शिखरमा उक्लिदै गरेका संगीतकार सुनिल राईको संगीतमा रेकर्डको हुदैछ । गीत पनि माया प्रेमको भावमा रहेको र निक्कै नै मार्मिक भएको संगीतकार सुनिल राईले सिलिचुङ्ग टिभिलाई बताएका छन् ।

Loading...